तिरिमिरी तिनतारा चलचित्र रणवीरको गीत छायांकन ,,
चलचित्र रणवीरको गीत छायांकन भएको छ ।यो गीत काठमाण्डौको नक्सालस्थित बालमन्दिरमा बिहेको सेट लगाएर यो गीतको भिडियो निर्माण भएको हो । चलचित्रको तिरिमिरी तिनतारा बोलको गीतको सुटिङ् भयको हो ।
गीतमा राजनराज सिवाकोटी शब्द, संगीत र स्वर छ । उनलाई गायकिमा गायिका अन्जु पन्तले साथ दिएकी छिन् । यो गीतमा चलचित्रका मुख्य ३ कलाकार सुशिल सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्टको अभिनय छ । चलचित्रमा प्रशान्त ताम्राकार र सुशिल सिटौलाको भिडन्त देखाइएको छ ।
निर्माता मध्येका एक दिपेन्द्र रेग्मीले करिब २५ लाख खर्च गरेर यो गीत तयार पारिएको बताए । रामजी लामिछानेले यो भिडियोको कोरियोग्राफी गरेका छन् । अहिले लोकलयका गीत चलेका कारण पनि यसको निर्माणपक्षले यो गीतलाई प्रमोशनमा प्रयोग गर्ने योजना बनाएको छ ।
चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ । माघ १८ गते बाट चलचित्र प्रदर्शनमा आउने छ।