सीआइबी प्रमुख भन्छन् : निर्मला प्रकरणमा कसैलाई पक्राउ गरिएको छैन,गलत रिपोर्टिङ् किन गर्ने ?
मंसिर २० ,काठमान्डौ – निर्मला पन्तको हत्यारा पक्राउ गरिएको भनि समाचार भाईरल बनाउने प्रति सीआईबिले आपति जनाएको छ ।निर्मलाको शव भेटिएकै दिन साउन ११ गतेबाट हराएका उनकै छिमेकी २२ वर्षीय युवक पक्राउ गरेको समाचारलाई सीआइबीले खण्डन गरेको हो ।
ब्यूरोका प्रमुख डीआइजी निरजबहादुर शाहीले निर्मला प्रकरणमा अनुन्सन्धान निरन्तर र गहनरुपमा भइरहेको बताउँदै तर बुधबार कसैलाई पनि पक्राउ नगरिएको जानकारी दिए । उनले भने हामि काठमाण्डौ देखि कंचनपुरसम्म खोजीकार्य र अनुसन्धानमा छौ। निर्मलाका छिमेकी युवक बुधबार पक्राउ परेको भन्ने समाचार गलत हो, हामीले कसैलाई पनि नियन्त्रणमा लिएका छैनौँ ।
साउन ११ गतेदेखि गाउँबाट भागेर भारत पसेका भनिएका युवक काठमाडौँबाट पक्राउ परेको समाचारबारे आफूलाई कुनै जानकारी नभएको प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीले बताए । काठमाडौँबाट यस घटनासँग जोडिएका कुनै युवा पक्राउ गरेको जानकारी मलाई सीआइबीबाट प्राप्त भएको छैन ।
‘केही दिनयता कोही पनि पक्राउ परेको जानकारी हामीसँग छैन।, तर अनुसन्धानका क्रममा सोधपुछ गर्ने क्रम भने भइरहेको छ’, प्रवक्ता सुवेदीले भने,। ‘हामी विभिन्न कोणबाट अनुसन्धानमा जुटेका छौँ ।सवुत प्रमाण नभेटिएसम्म कसैलाई पनि आरोपित बनाउने अवस्था छैन ।
सवुतप्रमाण नस्ट भएको हुनाले दोषी पत्ता लागाउन हामीलाई पनि गारो भएको छ। निर्मलाको हत्या भएको दिन उनका छिमेकी हरु भारत गयको भन्ने कुरा सुनियो तर अनुसन्धान जारि छ ।पक्राउ भने अहिले सम्म कसैलाई गरिएको छैन। गलत रिपोर्ट नगर्नुहोस यसको भागिदारी हुनुहोला एक प्रहरीले भने।
यो प्रकरणमा प्रहरीले अहिलेसम्म कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित नौजनाको डीएनए परीक्षण गरेको छ । तर ती सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । एसपी विष्ट कञ्चनपुरमै हुँदा पक्राउ गरी मुख्य अभियुक्तकारुपमा प्रस्तुत गरिएका दीलिपसिंह विष्टको पनि डीएनए नेगेटिभ आएको थियो ।