म्युजिक नेपालमा रहेका सम्पूर्ण अडियो भिडियो बन्द ,,

कलाकार डीबी लोहनी संग रंग दर्पणको कुरा ,,

मंसिर २० , काठमान्डौ – नेपालि गीत संगीतलाई मध्यनजर राख्दै पहिलो पटक केहि प्रश्न उठेका छन्। सोसल मिडिया म्युजिक नेपालको युटुबमा रहेका श्रब्य दृश्य प्रति गहन प्रश्न हो ?

पुराना कम्पनिले त यति पिडामा छन् भने नया कम्पनिलाई कति गारो होला, तेही भयर मेरा आफ्ना राईट्समा भयका अडियो भिडियो म्युजिक नेपालबाट तत्काल बन्द गर्नचाहन्छु ,भन्दै डीबी लोहनीले रंग दर्पण डटकमलाई जानकारी गरे।

साथै लोहनीले म्युजिक नेपाललाई यौटा विज्ञप्ति समेत लेखेका छन् । यस्तो छ विज्ञप्ति ,,

 

डीबी लोहनी अपल अडियो भिडियो प्रा .लिका संचालक हुन्,। लामो समयदेखि गीत संगीतको कार्य गर्ने लोहनीले म्युजिक नेपालमा थुप्रै भिडियो दर्ता गरेका छन् ।तर लाखौ कम्पनीमा म्युजिक नेपालले जम्मा ८ ,१० ओटा कम्पनिलाई मात्र हेर्ने गरेको गुनासो पोखे ।लोहनी भन्छन गीत अप्लोड गर्यो भने ३ हजार पनि भिउज जान्न ।

अरुको ५ लाख क्रस हुदा ५ हजार भिउज जान्छ। नर्मल अडियो भिडियो निर्माण गर्दा १लाख क्रस हुन्छ। गीतले एक रुपैयाँ पनि कमाउदैन ,तेसैमा पनि ४० % म्युजिक नेपाल १५ % भ्याट अडियोको पीआर बिटी सीआर बिटीको त झन् पत्तै छैन। यो धेरै गीत संगीत र कम्पनीको हितको विषय हो लोहनीले भने।

के हो सब्स्क्राईब ,,

म्युजिक नेपालको २८ लाख सब्स्क्राईब छ ।यो हुनुको कारणले सबैले लाखौ खर्च गरेर भिडियो ल्याउछन ।२८ लाख सब्स्क्राईबमा बेल बजाउने कति होलान होलसेलमा १० लाख , १० लाखमा भिडियो पुग्छ ,९ लाखले नहेरे पनि १ लाखले त हेर्छन होला यसको भिउज ३ हजार हो त ?

हिसाब पारदर्शी छैन

लागानी गरे पछि जसलाई पानि आयको माया हुन्छ । समय पुगेर हिसाब गर्न गयो भने यहि हो भनिन्छ ,टोटल कमाई देखाईदैन % र भ्याट काटेर यहि हो बोलिन्छ। यसको मतलब टोटल कमाई कति थियो त ।

जातीय कुरा

गीत संगीतमा ठुलो सड्यन्त्र छ कम्पनि र नाम हेरेर पनि म्युजिक नेपालमा मुल्यांकन गरिन्छ कलालाई कसैले बुझ्न सक्दैनन् ,

बाहिर गीत संगीतको ब्यापार 

भिडियो खेल्न र टिभीमा देखिन को चाहन्न र तर यसको लागि कति संघर्स गर्नु पर्छ यो बुज्दैनन ,१० हजार हालेर गीतको साईडमा नाचेर मोडल भन्ने र कार्यक्रम गयर कलाकार संग फोटो खिच्दैमा कलाकार बनिदैन ,यसको विधा सिक्नुस

कलाकर नदेखेर विदेश बाट लाखौ पैसा खर्च

धेरै साथि हरु बिदेशमा भएर गीत संगीतलाई माया गर्नुहुन्छ त्यो हाम्रो लागि गर्ब हो । तर भिडियोमा हेरेर राम्रो देखेर यहि केटा र केटिलाई अभिनय गरीदिनु भन्नु हुन्छ र लाखौ पैसा पठाउनु हुन्छ।  अन्त्यमा भनेको हुदैन यसमा अलि बुज्ने बन्नुस । , गायिका नाम मात्र छ जसले नदेखी स्वरको मात्र भनेर ५० ,६० हाजर पठाउनुहुन्छ।  नदेखेर ५० हजार गाको मात्र हो भन्नु मुर्खाताई हो ।

कलाकर प्रति मेरो सम्मान
कलाकार रास्ट्रका गहना हुन्।  हाम्रो क्षमातलाई कसैले बुज्न सकेन, राज्यले हामिलाई यौटा स्थान दिए सबैको बच्ने अधार हुने थियो। साथै तत्काल आफ्नो कम्पनिमा रहेका गीत संगीतहरु म्युजिक नेपाल बाट निकालेर आफ्नै युटुब च्यानल बाट दर्शक सामु ल्याउने पनि लोहनीले जानकारी गरे।