शिब बिकको निर्देशन कोरियोग्राफर सालको पात टपरी गीत एक करोड भिउज नाघ्यो माग्ने बुढाले दिय बधाई ,,
मंसिर २१ , काठमान्डौ – लोक संगीत पारखिमा सबैलाई सम्झिदै नायक , हास्य व्यंग्य कमेडीयन , फ्लिम निर्माता केदार प्रशाद घिमिरे (माग्ने बुढाले ) निर्देशक कोरियोग्राफर शिब बिक लगायत सालको पात टपरीको होल युनिटलाई सुभकामना दिएका छन् ।गीतले एक करोड भिउज नाघेको उपल्क्षमा माग्ने बुढाले सुभकामना दिएका हुन्।
केदारले भनेका छन्। संगीत क्षेत्रमा पुर्याउनु भएको योगदानको बर्णन नेपाली लोकसंगीतको ईतिहांसमा सुनौलो अक्षरले लेखिनेछ । जब नेपाली ठेट शब्दहरु गोताखोर लगाएर खोज्नुपर्ने दिन आउंछ नि त्यो दिन यस्ता गीत खोजि खोजि आफ्ना छोराछोरीलाई सुनाईन्छ होला ।
गीतले आज भोलि निकै नै बजार पायको र ताताएको छ। विभिन्न मेला महोत्सब पार्टी बिहेमा यो गुन्जेको छ ।गीतलाई शिब बिकले निर्देशन कोरियोग्राफर गरेका हुन्।
गीतले यति माया पाउछ भन्ने मैले सोचेको थिएन तर यो गीतमा कर्म मेहनत गरेको थिए ,फलस्वरूप नतिजा पनि पाय ।बिकले रंग दर्पण संग भने। शिब बिकले कोरियोग्राफर गरेको चलचित्र प्रशादको गीत बनकि चरी के भन्छे , ए बरी लै लै ले पनि दर्शकको मन जितेको छ ।प्रसाद आज बाट हलमा प्रदर्शन भईरहेको छ ।
सालको पात टपरीमा गायक कुलेन्द्र बिक र बसन्त थापा , बिष्णु माझिको स्वर छ। बसन्त थापाको संगीतलाई नवराज पन्तले शब्द लेखेका हुन् ।गीतमा आशिष अविरलको एरेञ्ज छ । ज्ञानेन्द्र शर्माको सिनेमाट्रोग्राफीलाई निशान घिमिरेले सम्पादन गरेका छन्।यो गीतमा नायिका रेखा थापा प्रियंका कार्कीलाई पनि नाच्ने अफर गरेको हो। तर उनीहरुले नाच्न नमानेको निर्माण पक्षको भनाई छ ।
गीतमा गायक कुलेन्द्र बिक बसन्त थापा संग मर्सिका पोख्रेलको अभिनय छ। बसन्त थापाको युटुब च्यानलबाट गीत बजार व्यवस्थापन छ ।सुभकामना छ रंग दर्पण डटकम र रंग दर्पण ईन्टरटेनमेन्टको तरफबाट ,,