पक्राउ गरिएका दुई शंकास्पदको डीएनए साँझसम्ममा आउने, एक जना अझै फरार सुचिमा ,,

मंसिर २३ , काठमान्डौ – १३ वर्षीय कंचनपुरकि निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको करिब ४ महिना पुगेको छ। सरकारले हत्यारा लाई पक्राउ नगरीएको भनि विश्वव्यापी आन्दोलन चर्कीएको छ। हत्या प्रकरणको अनुसन्धान क्रममा पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट आइतबार साँझसम्ममा आउन सक्ने नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि कसुर स्वीकार गरेको दाबी गरिएका प्रदीप रावल र स्थानीय विशाल चौधरीको डीएनए रिपोर्ट साँझसम्म आउन सक्ने प्रहरी स्रोतले जनाएको हो ।

‘सम्भवतः आजै साँझसम्ममा रिपोर्ट आइसक्छ । चेन अफ कस्टडी मेन्टेन गर्नका लागि कञ्चनपुरमै लगेर खोल्नु पर्ने हुन्छ । तर, त्यहाँबाट अनुमति लिएर यहीँ खोल्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी) स्रोतले भन्यो।

यसअघि १७ मंसिरमा अभद्र व्यवहार गरेको अरोपमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले रावलमाथि मुद्दा चलाएको थियो । त्यसक्रममा सीआईबीमा ल्याएर सोधपुछ गर्ने क्रममा निर्मला हत्यामा उनले आफ्नो संलग्नता स्वीकार्दै थप दुई जनाको नाम लिएको प्रहरीले दाबी गरेको थियो ।

रावलले दिएको सुचनामा कञ्चनपुरस्थित सालघारीका विशाल र दिनेश चौधरीलाई पक्राउ गरिएको दाबी प्रहरीको थियो । तर, पछि दिनेशको घटनामा संलग्नता नरहेको भन्दै उनलाई छाडिएको थियो । ‘घटनामा संलग्न एक जना अझै खोजीरहेका छौं ।सीआईबीका एक अनुसन्धान अधिकारीले भने।