निर्मलाको हत्या भएको दिन प्रदिप र विशाल हिरासतमा थिए, सरकार झन् खस्किदै प्रहरी वदनामी हुँदै ,,
मंसिर २३ , काठमान्डौ – १३ वर्षीय निर्माला हत्या प्रकरणमा स्वीकार गरेका भनिएका दुई अभियुक्त प्रदिप रावल र विशाल चौधरी घटना भएको बेला हिरासतमा रहेको स्थानिएले बताएका छन् । यो कुराले सरकार झन् खस्किदै गएको छ भने प्रशासन चुक्दै गएको मानिन्छ ।
निर्मलाको हत्या भयको अघिल्लो दिननै ति दुई कुखुरा चोरी गरेको आरोपमा पुलिस हिरासतमा रहेको स्थानिए बताउछन। तर प्रहरीले भने निर्मलाको हत्या स्वीकार गरेको बताएको छ । यो सबै सरकारको चलाखी हो, प्रदिप र विशालको परिवार र स्थानिएले भने, उनीहरुको कुनै संलग्नता छैन।
छिमेकीका अनुसार विशाल र प्रदिप ‘हल्लामा आएजस्तो लागूऔषध दब्र्यसनीमा नफसेको भन्दै उनले निर्मलाको हत्या गर्ने कुरा कल्पना गर्न समेत नसक्ने बताउँछन् । यद्यपि, प्रहरीले आधिकारिक रुपमा प्रदिप र विशाललाई अपराधी भनेर सार्वजनिक गरेको छैन । उनीहरुको डिएनए परीक्षण भइरहेको छ । तर, डिएनए परीक्षणको रिपोर्ट जे आए पनि नागरिक पत्याउनेवाला छै्नन् ।
गत साउन बिहान करिब १० बजे तिर प्रदिपलाई वडा प्रहरी कार्यालयको नियन्त्रणमा र विशाललाई सोहि दिनको १ बजे उनकै घर बाट नियन्त्रणमा लिएको थियो । दुबैले कुखुरा चोरेको आरोपमा नियन्त्रणमा परेका हुन्, स्थानीले भने। प्रदिप १२ साउन र विशाल ११ साउनमा नियन्त्रणबाट छुटेका थिय।
अहिले उनीहरुलाई प्रहरीले काठमान्डौमा नियत्रन्मा राखेर निर्मलाको बलात्कार पछि हत्या स्वीकारेको भनेको छ ।यस्ता क्रियाकलापले वास्तविक दोषीलाई उन्मुक्ति दिन खोजिएको स्थानिए बाताउछन ।कुखुरा चोरी आरोपमा प्रदिपलाई प्रहरीले नियत्रन्मा लिएपछि प्रदिपले विशाल पनि संलग्न रहेको भनेपछि साल घारी उनकै घरबाट १ बजे विशाललाई नियन्त्रणमा लिईएको परिवारजनले बताए ।
तर प्रहरीले भने हत्या स्वीकार गरेको दाबि गरेको छ ।निर्मलाको हत्यामा संलग्नलाई अहिले सम्म सरकारले पक्राउ गर्न नसक्नुले प्रहरी संगठन झन् विवादित बन्दै गएको छ। गत साउन १० गते हराएको निर्मला ११ गते बिहान उखुबारीमा मृत् अवस्थामा फेला परेकी थिईन ।सरकारले एथेसट प्रमाण नपाएर संकाको भरमा बिनाकारण सर्वसाधारणलाई दुख दिने गरेको छ।