मुकेश अम्बानीकी छोरीको बिहेमा हिलारी क्लिन्टन सहभागी ,,

मङ्सिर २४ काठमाण्डौ – भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा अमेरिकी नेतृ हिलारी क्लिन्टन पनि उपस्थित भएको छन्। उदयपुरस्थित होटल उदय विलासमा डिसेम्बर १२ तारेखमा ईशा र आनन्द पिरामलको विवाह हुँदैछ।

विवाहअघिका कार्यक्रममा सहभागि हुन अहिले भारत तथा अन्य देशबाट १८ सय पाहुना उपस्थित भएका छन्। अमेरिकी चर्चित पप गायिका वियोन्सेले पनि विवाहमा आफ्नो प्रस्तुती दिएकी छन्। वैवाहिक कार्यक्रममा खिचिएका बलिउड स्टार तथा वियोन्सेका भिडियो तथा तस्विरहरु अहिले सामाजिक संञ्जालमा भाइरल भइरहेका छन्।

बलिउड फिल्म उद्योगबाट नव विवाहित जोडी प्रियंका चोपडा र निक जोन्सन, दीपिका पादुकोण र रणवीर सिंहका साथै अभिनेत्री रेखा, दीशा पाटनी, करण जोहर, बिद्या वालन, सलमान खान, जोन अब्राहमका साथै क्रिकेटर सचिन तेन्दुलकर उनकी पत्नीका साथ सहभागी भएका छन्। एजेन्सी ,,