आप्पा’को फस्टलुक रिलिज ,,

चलचित्र ‘आप्पाले आफ्नो फस्टलुक रिलिज गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नायक दयाहाङ राइको मुख्य भूमिका रहेको चलचित्र फस्टलुक रिलिज गरिएको हो ।

चलचित्रको फस्टलुकमा नायक दयाहाङ राइको साथमा दुई नयाँ कलाकार सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चालाई देखाइएको छ । बाबु छोराको सम्बन्धको कथालाई देखाइएको यो चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । अ माउन्टेन स्टोरिज प्रोडक्शन र सिनेमा आर्टको संयुक्त ब्यानरमा यो चलचित्र बनेको हो ।

रुदेन सादा लेप्चाको लगानी रहेको चलचित्रमा तुलसी घिमिरे, अरुणा कार्की पनि मुख्य भूमिकामा छन् । चलचित्रमा अनमोल गुरुङको कथा, अनमोल र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायांकन, अनमोल र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन छ । यो चलचित्र वि.सं २०७६ सालको जेठ २४ गतेबाट रिलिज हुँदैछ ।

 

lekbesi