विकल्प खोज्ने हैन, यहि सरकारलाई सफल बनाउने हो, प्रचण्ड ,,
मङ्सिर २५ ,पोखरा – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन् । कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसमा मंगलबार विहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले अपेक्षाकृत सफलता नगरेपनि विकल्प नभएको बताएका हुन् ।
उनले भने, ‘वर्तमान सरकारको विकल्प खोज्ने हैन, यहि सरकारलाई सफल बनाउने हो, यहि सरकारबाटै विकास र समृद्धि ल्याउने हो ।
सरकारले शुरुमा भ्रष्टाचारी, सुन तस्करी, सिण्डिकेटबिरुद्ध राम्रो शुरुवात गरेको तर, तार्किक निश्कर्षमा पुर्याउन नसकेको स्वीकार गरे । उनले भने, ‘किन हुन सकेन हामीे समीक्षा गर्दैछौंं ।
वैदेशिक सम्बन्ध स्थापित गर्ने, कानून बनाउन लगायतका धेरै काम भने गरेको उनले बताए । प्रचण्डले भने, ‘भारतसँग सम्बन्ध बनाउन यो सरकारले ऐतिहासिक सफलता हासिल गरेको छ, दशकौंदेखिको डुबान समस्या, पूर्व पश्चिम रेलमार्ग निर्माणलगायतबारे सम्झौता भएको छ, चीन सरकारसँग ४ वटा बन्दरगाह बनाउने कुराले नेपालको परिभाषा ल्याण्ड लक्डबाट ल्याण्ड लिंक्डको रुपमा परिणत भएको छ ।
यो दुई तिहाई सरकार भएकै कारणले मात्र हो । नेकपाका अध्यक्ष प्रचण्डले आगामी बजेटमा बृद्धभत्ता बढाइने बताए । भत्ता हैन सत्तानै पल्टाउन खोजेजस्तो गर्छन ।तर बृद्धभत्तासहित सबै प्रतिबद्धता पूरा गर्छौं, अझ यो वर्षको क्षतिपूर्तिसहित आउँदो वर्ष बृद्धभत्ता बढाँउछौं प्रचण्डले भने