चलचित्र ‘दाल भात तरकारी’को ५० प्रतिशत छायांकन सकियो ,,

चलचित्र ‘दाल भात तरकारी’को छायांकन बाहिर सकेर काठमान्डौ भित्र भैरहेको छ ।यो चलचित्रको छायांकन करिब ५० प्रतिशत सकीएको रंग दर्पणलाई निर्माण पक्षले जानकारी गरेको छ।

निर्देशन सुदन केसीका अनुसार अबको एक महिनापछि चलचित्रको सम्पूर्ण छायांकन सकिने छ ।अहिले यसको छायांकन काठमान्डौको मह स्टुडियोमा भईरहेको छ । मह स्टुडियोमा हरिवंश आचार्यको साथमा निरुता सिंह, वर्षा रावत छायांकनमा ब्यस्त छन् ।चलचित्रलाई कलाकार किरण केसी ,राता मकैले ,निर्माण गरेका छन् ।

चलचित्रमा हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद छ । चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का, आाचल शर्मा, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुषाल, विल्सन विक्रम राई, बर्षा राउतको मुख्य भूमिका छ । नायिका प्रियंका कार्कीले यो चलचित्रमा आइटम नृत्य गरेकी छिन् ।

निर्माता राता मकैका अनुसार चलचित्रको कठिन भाग , दृश्यहरु सकियो अब केहि मात्र बाँकि छ ।तेस्तै लामो समयदेखि नेपालि चलचित्रमा देखा नपरेकी नायिका निरुता सिंहलाई सबैले देख्न पाउने छन् ।कुनै जमाना थियो जँहा निरुताको एक्लौटि खोजि थियो ।

यो चलचित्रमा उनी हरिवंशकी श्रीमतिको भूमिकामा देखिदैछिन् ।साथै नायिका सिंहको कमेडी टाइमिङ पनि उत्कृष्ट रहेको छ । निर्माण पक्षले निरुताको प्रशंसा समेत गरेको छ ।चलचित्र वैशाख १३ गतेबाट रिलिज हुने छ।