समर लभ नर्वेमा छायांकन गर्दा ,,
माघ २५ गते प्रदर्शनमा आउन लागेको चलचित्र समर लभले आफ्नी टिजर र गीत सार्वजानिक गरे लगतै निकै चर्चा पाएको देखिन्छ । गीत र टिजर हेरेपछि दर्शक फ्लिमको प्रतिक्षामा छन्। फ्लिमको टिजर र गीतमा कुर्ज देख्न सकिन्छ ।
नेपालि चलचित्रहरुमा पानि जाहाज प्रयोग गर्ने एक मात्र कथानक चलचित्र समर लभ देखिन्छ । चलचित्रको टिजर र गीतमा प्रयोग गरिएका विभिन्न शहरका दृश्यले दर्शकको मन लोभीएको प्रतिक्रिया छ ।
लेखक सुविन भट्टराईको उपन्यास समर लभलाई निर्देशक मुस्कान ढकालले चलचित्रमा ल्याउदै छन् । चलचित्रलाई उपन्यासको आधारमा विभिन्न देशमा निर्माण गरिएको निर्माण पक्षले जानकारी गरेको छ । लभ स्टोरीमा निर्माण चलचित्र समर लभमा आशिष पिया र रेवती छेत्रीको मिलन बिछोडको कथा छ।
चलचित्रमा आशिस पिया , रेवती छेत्री , सुरज सिंह ठकुरी नम्रता सापकोटा मुख्य भूमिकामा छन् । चलचित्रलाई नाइटिङ्गेल इन्टरटेन्मेन्टले प्रस्तुत गरेको छ।
भ्यालेंटाईनको दिन नजिक प्रदर्शन चलचित्र समर लभलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।मन कृष्ण महर्जनले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।