surkhet

प्रदीपलाई दोषी देखेको प्रहरी फेरि एकाएक ब्याक,अब कसलाई समाउने सीआईबीका डीआईजी र एसपीको कुरा बाझियो ,निर्मला हत्या प्रकरण :

surkhet

मंसिर २५ , काठमान्डौ – अब त निर्मलाको हत्यारा पत्ता लग्यो भनेर खुसि भएको प्रहरी एका एक ब्याक भएको छ ।काठमान्डौ बाट पक्राउ गरिएका प्रदीप रावल (वर्ष १८) क हुन् उनलाई गत हप्ता पक्राउ गरि महाराजगञ्ज प्रहरीको हिरासतमा राखेर केन्द्रीय अनुसन्धान ब्युरोले सोध खोज गर्यो।

सबैले समाचारमा लेखे अब त फासी दिन पर्छ ,भन्दै धेरै पत्रिकाले उनको नाम खराब गर्यो ।यो दुनियामा हावामा बोल्ने धेरै छन् ,जसले बलेको आगो ताप्छन ।सामाजिक संजालमा भाईरल बन्यो प्रदिपको घरमा हामीले खबर गरेउ तर परिवारले यो सबै झुटो हो उनीहरु त त्यो साँझ हिरासतमा थिए। त्यो पनि कुखुरा चोरीको आरोपमा ,,

पुन:सोही साँझ हामीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्पर्क गरेर सोधेका थियौँ,। के हत्यामा संलग्न भनिएको प्रदीप रावल पक्राउ परेका हुन् ? उनको जवाफ आयो ,,अस्पष्ट जवाफ दिँदै उनले भने, ‘अँ, सङ्केत त्यतैतर्फ छ, तपाईंहरूले मिलाएर बुझ्नुस नँ, सार्वजनिक मुद्दामा थप गरेर सोधपुछ भइरहेको छ क्यारे, सङ्केत त्यतैतिर छ ।’ यति भनेका प्रहरी प्रमुख खनालले प्रदीप रावलको नाम चाहिँ लिएनन् ।

Dailekh

प्रहरीले यसरी पटक,पटक झिनो सूचना चुहाउँदै प्रदीपको बारे आम जनधारणा बुझ्न मिडिया ट्रायल गरिरहेको थियो । तर सामाजिक सञ्जालदेखि सडकसम्म प्रदीप र अर्का बालक विशाल चौधरी (१६ वर्ष) लाई पनि प्रहरीले फसाउन खोजेको आवाज उठ्न थालिसकेको थियो ।

सोमबार सङ्घीय संसदका दिगो विकास तथा सुशासन समितिमा जवाफ दिन उपस्थित भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रदीपको नाम त लिएनन् तर निर्मला पन्त अनुसन्धान न्यारो डाउन हुँदै गएको दाबी गरे । सांसहरूलाई जवाफ दिँदै उनले भने, ‘अनुसन्धान हुँदैछ, अनुसन्धान साँघुरिएको छ ।

सीआईबीका डीआईजी र एसपीको कुरा बाझियो ,,

केन्द्रीय अनुसन्धान ब्युरोले ७ दिनदेखि सोधपुछ गरिरहेका प्रदीपले पहिलो ‘म त झ्याप थिएँ, मलाई त थाहा नै छैन्’ भन्ने बयान दिएका छन् । प्रदीप लागू औषध सेवनकर्ता हुन् ।

प्रहरी स्रोतका अनुसार पछिल्लो समय उनले ‘मलाई काटे नि काट्नुस्, मारे नि मार्नुस्, मैले हुँदै होइन्’ भन्न थालेको प्रहरी स्रोतको भनाइ छ ।

प्रदीपसँगै केन्द्रीय अनुसन्धान ब्युरोले १६ वर्षीय विशाल चौधरीमाथि पनि अनुसन्धान गरिरहेको छ । उमेर नपुगेका कारण विशाललाई हिरासतमा राखिएको छैन ।

प्रहरीले अहिलेसम्म १३ जनाको डीएनए परीक्षण गरिसकेको छ । पछिल्लो सयम प्रदीप, विशाल र अर्का एकजनाको डीएनए परीक्षणका लागि ‘ब्लड स्याम्पल’ पठाइएको छ ।

निर्मला बलात्कारपछि हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (डीआईजी) निरज शाही र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतको कुरा बाझिएको छ ।

Gorkha

मङ्गलबार रातोपाटीसँग कुरा गर्दै केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख निरज शाहीले अनुसन्धान क्रमशः चलिरहेको उल्लेख गर्दै भने, ‘हामीले त यहाँबाट प्राविधिक कुराहरूमा मात्र सपोर्ट गरिदिने हो, बाँकी अनुसन्धान जिल्लाले गरिरहेको छ ।’

‘अहिले कतिजना शङ्कास्पदहरूसँग सोधपुछ भइरहेको छ ? भन्ने जिज्ञासामा आफूलाई केही थाहा नभएजस्तो गरी डीआईजी शाहीले भने, ‘हामीले त यहाँ सोधपुछ गर्दैनौँ, सोधपुछ जति हुन्छ उतै हुन्छ, ल्याएको ल्याइछ उता त धेरै छन् ।’

प्रदीप र विशालको डीएनए रिपोर्ट आए नआएको सम्बन्धमा डीआईजी शाही भन्छन्, ‘डीएनए रिपोर्ट आए नआएको हामीलाई थाहा हुन्न, विधि–विज्ञानबाट सीधै जिल्लामा जान्छ । त्यसपछि मात्र हामीले थाहा पाउँछौँ, बीचमा कसैले खोल्नै मिल्दैन ।’

निरज शाहीको प्रतिक्रियापछि हामीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतलाई सम्पर्क गर्यौँ । अहिले कतिजनासँग सोधपुछ भइरहेको छ ?’ भन्ने जिज्ञासामा कडायतले भने, ‘काठमाडौँमा त्यही दुई जनासँग मात्र इन्टेरोगेसन भइरहेको छ, शङ्कास्पदहरूलाई ल्याएर सोधपुछ त गर्छौँ तर अरूलाई थुनामा राखेको छैन ।

प्रदिप रावललाइ प्रहरीले काठमान्डौमा ग्यारेज बाट पक्राउ गरेको थियो। शुरुमा अनि छोड्यो फेरी पक्राउ गर्यो ।,अनुसन्धान ब्युरोको निर्देशक (डीआईजी) निरज शाहीले भने अनुसन्धानको काम कञ्चनपुरमा भएपनि सबै काम काठमान्डौ बाट भएको छ। प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट आइनपुगेको उनले जानकारी दिएका छन् ।

बहुप्रतीक्षित निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानको नेतृत्व केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशक (डीआईजी) निरज शाहीले गरेका छन् ।

शाहीको प्रत्यक्ष कमान्डमा रहनेगरी प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा कञ्चनपुरमा काविल अफिसरहरूको अर्को एउटा टोली खटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी नायव उपीरक्षक (डीएसपी) कमल थापा, महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा दाहालसहित १५ जनाको टोली कञ्चनपुरमा बसेर निर्मला बलात्कार–हत्या अनुसन्धान गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत डीएसपी कृष्ण ओझा निर्मला प्रकरणमा अनुसन्धान अधिकृत तोकिएका छन् । काठमाडौंमा केन्द्रीय अनुसन्धान ब्युरोको टिमसँग जोडिएर आप्र (आर्थिक प्रशासन) महाशाखाका प्रमुख (एसएसपी) प्रकाश अधिकारीले काम गरिरहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार ब्युरोका डीएसपी निरन्जनदत्त भट्ट र ब्युरोमा वन्यजन्तुबारे अनुसन्धान गर्दै आएका अनुपम राणाले पनि निर्मला हत्या प्रकरणको अनुसन्धान गरिरहेका छन् ।

जति पनि नेपालि मिडिया साथी हरु हुनुहुन्छ कुनै पनि समाचार लेख्दा सत्य तथ्य नबुझी नलेखौ ।यदि हाम्रो नेपालमा फाँसीको सजाय भय के हुन्थ्यो मर्ने भरि सबै सर्वसाधारण हुन् ठुला ठाली त भेट्ने गारो हुन्छ।

तेत्रो राज सस्थाको पुरा परिवार मर्दा त थाहा खबर छैन ।तपाई हरु आफै प्रत्क्षय जवाफी हुनुहुन्छ, तेही भयर कृपया सत्य समाचार मात्र प्रशारण गरौ।

 

 

salyan