पूर्वमिस नेपाल सुब्बा भन्छिन महिनावारी हुँदा अहिलेपनि परिवारले विभेद गर्छ ,

मंसिर २६ , काठमान्डौ -महिनावारीका कारण पूर्वमिस नेपाल माल्भिका सुब्बाले आफ्नो परिवारले विभेद गर्ने गरेको बताईन ।,शुक्रबार राजधानीमा आयोजित महिनावारी स्वास्थ्य व्यवस्थापन कार्यक्रममा उनले विगतको जस्तै पिडा पोखिन ।उनले भनिन, नौ महिना गर्भमा राखेको छोरालाई अन्न खुवाउने अधिकार त्याग्न मन लागेन’ ‘रातभरी सोचेँ।

विभेद भो भन्दै श्रीमानलाई सुनाए।’माईति घरमा भने यस्तो थिएन तर विवाह गरेर आएको घरमा भने सम्पूर्ण परिवारले चुलो चौको देखि पानि छुन नदिएको पिडा सुनाईन ।घरपरिवार एवं समाजबाट गरिने उपेक्षा एवम् हिंसा सामान्यतया दश वर्षदेखि नै किशोरीले भोग्दै आएका छन्।

सहरमा भन्दा गाउँमा दुव्र्यवहार बढ्दो छ उनले भनिन । छोराको अन्नप्राशन (पास्नी) मा घरमा भएको व्यवहारले पूर्वमिस नेपाल माल्भिका सुब्बालाई अहिले पनि पिरोल्छ। छोरा हुर्किए पनि उनलाई विगतको पीडाले पोल्न छोडेको छैन। यो समस्या उनि संग मात्र नभएर आम नेपालि दिदि बहिनि आमा हरुको पिडा हो।

lekbesi

सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लामा महिनावारीका बेला छाउगोठमा बस्नु पर्ने बाध्यता अझै छ। महिनावारीका बेला पूजा गर्नु नहुने, मन्दिर जानेलगायतका शुभकार्य गर्नबाट बञ्चित हुनुपरेको महिला बताउँछन्।महिनावारी भएको बेला सहरमै पनि दुव्र्यवहार हुने गरेका छ। गाउँका किशोरी एवं महिलाले भने हिंसा सहनु पर्ने अवस्था छ।

विशेषगरी १० देखि १९ वर्षका किशोरी महिनावारीको समस्याकै कारण विद्यालय छोड्न बाध्य छन्।,महिनावारी हुँदा छाउपडी, गोठमा बस्दा रातिमा सर्पको टोकाई बाट धेरैको ज्यान समेत जाने गरेको छ सहरी क्षेत्रका विद्यालयमा समेत पानी र सरसफाई सुविधासहितको शौचालय छैनन्।

महिनावारी हुँदा प्रजनन अंगको सरसफाई नगरे संक्रमणको जोखिम हुन्छ। स्कुलमा शौचालय, साबुन–पानी र सेनिटरी प्याडको व्यवस्था नहुँदा किशोरी पढाई छोड्न बाध्य छन्।