लिड भूमिकामा हुँदा पनि सुन्दरताको चर्चा ,,

चलचित्र मारुनीमा लिड भूमिका रहेकि रेबिका गुरुङको सुन्दरताको चर्चा हुने गरेको छ । रेबिका मेन भूमिकामा नभयपनि उनको चर्चा गर्नेको कमि छैन।

रेबिकाले गत वर्ष चलचित्र लिलिबिलीको घेरामा पनि इन्ट्री मारिन । चलचित्र क्षेत्रमा गतबर्ष नै इन्ट्री मारेतापनि त्यो समयमा उनलाई भाग्यले साथ दिएन । कारण, चलचित्रको छायांकनको समयमा उनी बिरामी परिन् भने उनको यूकेको भिजा पनि लागेन ।

यसैले पहिलो चलचित्रमा उनले काम गर्न नै पाइनन् । करिब डेढ बर्ष पछि रेबिकालाई चलचित्र मारुनिमा लिड भूमिका दिईएको छ। उनको साथमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्पल खड्का छन् । अब यो चलचित्रमा रेबिकाको कम कस्तो हुन्छ त्यो भने हेर्न बाँकीनै छ ।