दुख:द खबर बिहेको गाडी दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित …

मंसिर २७ , दाङ – दाङमा बिहेको जन्ती बोकेको स्कार्पियो र यात्रु बाहकसंगको बस एक आपसमा ठोकिँदा ६ जनाको मृतु भएको छ ।दुईजना गम्भिर घाइते भएका छन् ।
लमही नगरपालिका, ९ रिहारमा बिहान २ बजे दुर्घटना भएको हो । बिहीबार बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ५ ख ४०९० नम्बरको यात्रुवाहक बससँग ठोक्किँएको हो ।

मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेका छन् ।

दुर्घटनामा घाइते ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर उपचार गर्न बाँकेको कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान शिव भण्डारीले बताउनुभएको छ । मृतकको शव लमही अस्पतालमा राखीएको छ घटनाको अनुसन्धान भईरहेको प्रहरीले जानकारी गरेको छ।
