भूवन अनमोल दीपक र दिपा संगै काम गर्ने तयारीमा ,,

नायक भुवन केसी , दिपक राज गिरि , अनमोल केसी , फ्लिम निर्माता दिपा निरौलाले एक अर्कामा सहकार्य गर्ने जानकारी गरेका छन् ।चलचित्र ‘सुश्री सम्पत्ती’को विशेष शोमा पुगेर आफूहरु सहकार्य गर्न आतुर रहेको खुलाएका छन् ।

दिपाले पनि भुवन अनमोल संग काम गर्ने चाहना राखेको बताईन। दिपाको कुरामा सहमती थप्दै नायक भूवन केसीले त्यो असंभव नरहेको जानकारी गरे ।यस्तै, कलाकार दिपकराज गिरीले भने ‘हामीले त भूवन दाइबाट धेरै कुरा सिकेका छौ । संगै कम गर्न पाए अझै सिक्ने मौका मिल्थ्यो ।

नेपाली चलचित्रलाई एउटा उचाइमा पुर्याउनका लागि दिपक र दीपाको भूमिका अहम् रहेको भूवनले बताए । भूवनले भने,‘चलचित्र सबै किसिमको बन्नुपर्छ । हाम्रो नेपाली चल्नुपर्छ । नेपाली चलचित्रको जय हुनुपर्छ भन्ने मेरो भनाई हो ।