जिबन काँडा कि फुल चलचित्रमा आउने ,,

मंसिर २७ , काठमान्डौ – साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र अगामी चैत २२ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको प्रदर्शन मिति र दुइओटा पोष्टर सार्वजनिक गरिएको हो ।

२०६७ सालको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’मा आधारित यो चलचित्रको पोष्टर चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको थियो । चलचित्रलाई भारत सिलिगुडीका बिनोद बिस्टले निर्देशक निर्माण गरेका हुन् भने जुनु गौतम सहनिर्मातामा छिन। उनि गायिका पनि हुन् ।

कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ,, सङ्गीतकार राजु सिह, नायक धिरन शाक्य, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, नेपाल पत्रकार संघ काठमाडौंका अध्यक्ष शान्तिराम बिडारी, चलचित्रकी कलाकार सारिका घिमिरे, कलाकार किशन सुनवार, छयाँकार शिव ढकाल, नृत्य निर्देशक कमल राईलगायतले पोष्टर सार्वजनिक गरेका थिए ।

विशाल गौतमको सहजीकरणमा भएको कार्यक्रममा बच्चादेखि जेष्ठ नागरिकसम्मले पुस्तकमा पढिएकी अर्थात कहिले काहीँ टेलिभिजनको स्क्रिनमा देखिने र सुनिने साहित्यकार झमक घिमिरेको जीवन कहानीलाई समेटी निर्माण गरिएको यो चलचित्रले केही प्रेरणा दिने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्माता तथा निर्देशक विष्टले बताए ।

चलचित्रलाई झमक घिमिरेको जन्म्स्थाम धनकुटा धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छायाँकन गरिएको छ।चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे रहेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार, उमा बेबीलगायत रहेका छन् ।

आफु अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नु परेको सामाजिक, पारिवारिक घृष्णा र तिस्कारको कहानीलाई झमक घिमिरेले पुस्तकमा उतारेकी थिइन् ।अब त्यो पर्दामा देखिने भएको छ। झमकले यो कृति खुट्टाले लेखेकी थिईन। उनि बस्न पनि सक्दिनन ।

तर उनको कृति पढेर धेरै मान्छे रोएका छन् ।साथै उनले लेखेको कृति जिबन काँडा कि फुल सर्वाधिक रुचाईएको पुस्तक र किनीएको पुस्तक हो।अब त्यो कृति पर्दामा आउने भएपछि सबै दर्शाक खुसि हुँदै सुभकामना दिएका छन् ।सुभकामना छ रंग दर्पण डट कमको तर्फा बाट झमक घिमिरे तिम्रो कृति र तिमि अम्मर छौ।