Gold

कम खानपिनका कारणले प्रियंका नाच्दा बेहोस यो दोस्रो पटक हो ,,

Naumule Migrate

सुदन केसीलेको निर्देशन किरण केसी निर्माता रहेको चलचित्र दाल भात तरकारीको आईटम गीत नाच्दा नायिका प्रियंका कार्की बेहोस भईन। चलचित्रमा आईटम गीत छ। चितवनको एउटा रिसोर्टमा सेट लगाएर केहि दिन अगाडि गीतको छायांकन गर्दै गर्दा रातको २ बजे प्रियंका बेहोस भएकी थीइन ।

निर्माणपक्ष सुटिङ प्याकअप गरेर उनलाई अस्पताल लाने तयारीमा थियो। निर्माणपक्षका एक जनाले पानि ल्याएर उनको अनुहारमा छमकिदिए अनि प्रियंका उठिन र सुटिङ नरोक्न भनिन् । निर्माता किरण केसीले रंग दर्पणलाई जानकारी गर्दै भने आईटम गीत गर्दा वरि परि आगोको राको बालेर बिचमा नाच्न पर्ने थियो ।

आगोको धुँवा मुखमा पसेर होला सायद उनि बेहोस भईन तर प्रियंकाले सुटिङ नरोक्न भन्दा मलाई एस्तो लाग्यो कि उनि जस्तो निडर कलाकार देख्दा म छ्क्क परे। किरणले भने ।

प्रियंकाले कुनै ड्राई फुड पनि खाईनन मात्र तातो पानि पीएर नाचिन कामप्रति यस्तो लगाव भएको कलाकार कमै मात्र देखेको छु ।यो चलचित्रको हाल काठमाण्डौमा महजोडी स्टुडिमा छायांकन भैरहेको छ । चलचित्र वैशाख १३ गतेबाट रिलिज हुने निर्माण पक्षले जानकारी गरेको छ ।

चलचित्रमा हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद छ । चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का, आाचल शर्मा, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुषाल, विल्सन विक्रम राई, बर्षा राउतको मुख्य भूमिका छ ।

Naumule Badhipahiro