विवाहित महिलालाई ब्ल्याकमेलिङ गर्दै यौन प्रस्ताव अन्तमा हत्या गर्ने पक्राउ ,,

मंसिर,२८ महोत्तरी – विवाहित महिलालाई प्रेमीसँग भेटेपछि ब्ल्याकमेलिङ गर्ने क्रममा एक जनाको ज्यान गएको छ । गत बुधबार महोत्तरीको औरही,२, फुलबरियामा ४० वर्षीय बचु महतोको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीले घटनामा संलग्न भएको अरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ वर्षीया जितनीदेवी महतो, २४ वर्षीय सुशील सहनी र २२ वर्षीय अनिलकुमार ठाकुर छन् ।उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यौन प्रस्ताव राखेर यसरि गरियो हत्या ,,

lekbesi

महोत्तरीको औरही,२ की जितनीदेवी महतो विवाहित महिला हुन् । यद्यपि, उनको स्थानीय सुशील सहनीसँग प्रेम सम्बन्ध थियो । दुईजना सँगै बसेको बेला गत सोमबार स्थानीय बचु महतोले देखे । त्यो देख्दा जितनीको मोबाइलसमेत उनले खोस्छन् र सबै आ
आफ्नो घरतिर लाग्छन् ।

मंगलबारबाट बचुले जितनीसँग यौनसम्पर्कको प्रस्ताव राख्न थाल्छन् । त्यो कुरा उनले प्रेमी सुशीललाई सुनाउँछिन् ।रिसले चुर भएका सुशीलले बचुसँग मोबाइल माग्छन् । बचुले दिन नमानेपछि बच्चुको हत्या गर्ने योजना बनछ । उनीहरुले हत्या गर्दा अनिल ठाकुरलाई समेत प्रयोग गर्छन् ।

अन्ततः २५ मंसिरमा बचु उखुबारीमा गएका बेला उनीहरुले घाँटी थिचेर हत्या गर्छन् । लगत्तै, प्रहरीले अनुसन्धान थाल्छ । त्यसक्रममा जितनीदेवी आफ्नै घरबाट समातिइन् भने सुशील भारततिर भाग्दै गर्दा महोत्तरीको मटिहानीबाट पक्राउ परेका हुन् ।

अनिल ठाकुरलाई भने प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको छ । पक्राउ पर्ने सबैमा प्रहरिल अनुसन्धान गर्दै कारबाही आगाडी बढायको छ आज भोलि तराई क्षेत्रमा धेरै नै अपराधिक घटना घटेका प्रहरीले जनाएको छ।