साना किसानको ऋण सरकारले मिनाहा गर्यो ,,

  मंसिर २८ ,काठमान्डौ – सरकारले कृषि विकास बैंकबाट साझा सहकारीले करिब ३५ वर्ष अघि लिएको साना किसानको ऋण मिनाहा गरेको छ। मन्त्रीपरिषद्को बैठकलेले तत्कालीन साझा कृषि सहकारीबाट ऋण लिएको करिब ३० करोड ऋण मिनाहा गरेको हो। ऋण मिनाहबाट ६ सयदेखि ७ सय परिवार लाभान्वित हुने सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

 

कृषि विकास बैंकबाट तत्कालीन समयमा साझा सहकारीमार्फत् करिब ३० कर्जा प्रवाह भएको कृषि बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए। बैंकले करिब ३५ वर्ष अघि साँवा बाहेक नै ब्याजमात्रै करिब एक अर्ब पुगेको छ। सरकारले बजेटमार्फत् साना किसानको ऋण मिनाह गर्ने भएको हो।ऋण मिनाहसँगै ऋण तिर्न नसकेर धितो बन्धक भएका किसानको धितोसमेत फुकुवा हुनेछ।