Simta
Simta
lekbesi

जोतिष हरिहर अधिकारि बने नायक ,,

Gurvakot

चलचित्र ‘शुभलभ’ले आफ्नो पहिलो पोष्टर सार्वजनिक गरेको छ । चलचित्रको सार्वजनिक फस्टलुकमा यसका मुख्य कलाकार हरिहर अधिकारी र नव,नायिका कृष्टिन पौडेललाई दिखाईएको छ ।

यहि चलचित्रबाट हरिहर र कृष्टिनले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् । हरिहर जोतिष हुन्, उनले टेलिभिजनमा पनि मान्छेको चिना हेर्ने र बताउने काम गर्छन ।चलचित्रमा सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका छ ।

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता प्रदिपकुमार उदयले गरेका हुन् । सन्तोष बाबु लोहनीले निर्देशन गरेको चलचित्रमा धर्मराज शर्माको लगानी छ ।

lekbesi

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराइको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।चैत्र १५ गतेबाट चलचित्र रिलिज हुँदैछ ।

Simta