८ महिनापछि बालुवाटारमा ओली र प्रचण्ड साझा दस्तावेज लेख्दै ,,

मंसिर २८ ,काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शनिबार दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक पनि बोलाइएको छ।

पार्टी एकता भएको करीव ८ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा राजनीतिक दस्तावेज लेख्दैछन् ।

 

त्यसलाई आवश्यकताअनुसार परिमार्जन गर्न र सबैलाई स्वीकार्य बनाउने पहलमा प्रचण्ड लागेका छन् । केही दिनअघिको बैठक बहिष्कार गरेका ४ शीर्ष नेताले उठाएका माग र पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गरेर कसरी सुदृढ बनाउने भन्ने विषयमा दस्तावेज केन्द्रीत हुने बताइएको छ ।

lekbesi

बैठक बहिष्कार गर्ने चार शीर्ष नेताले सरकारलाई संस्थागत ढंगले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने लगायतका एजेण्डा उठाउँदै आएका छन् । उनीहरुले सरकार र पार्टी नेतृत्वबीच समन्वयको अभाव रहेको भन्दै पार्टीको निर्देशनमा सरकार चल्नुपर्ने अडान लिँदै आएका छन् ।

बैठकले पार्टीको राजनीतिक र सांगठानिक प्रतिवेदन पारित गर्दै पार्टी एकीकरणको बाँकी काम टुंगो लगाउने बताइएको छ । बैठक करिब एक साता चल्ने स्रोतले जानकारी गरेको छ।