ओली,प्रचण्डको राजनीतिक प्रतिवेदनमा बामदेवको ‘लिखित फरक मत’

मंसिर, २९ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा अवस्था र सरकारको कमकारबाहीबारे छलफल गरेका छन् । शनिबार बसेको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड भन्दा नेता बामदेव गौतमले लिखित ‘फरक मत’ राखेका छन् ।स्थायी कमिटीको बैठकमा सचिवालय सदस्य गौतमले लिखित रुपमा आफ्नो ‘फरक’ मत राखेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै संक्षिप्त ब्याख्या गरेका थिए । पार्टीमा छलफल र एकताको आधार होस् भनेर प्रतिवेदन ल्याएको र यसलाई परिर्माजन गर्दै जाने उनले बताए ।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रतिवेदनमा सांगठनिक एकीकरण, पार्टी तथा सरकार सञ्चालन र आगामी कार्यभारमा चर्चा गरिएको छ ।
प्रतिवेदनमा आठ उप, शीर्षक छ, जसमा पार्टी एकताको महत्वको आत्मसाथ गर्न आहृवान गरिएको छ । साथै संगठनिक एकताका साथै सरकारको ९ महिने कामको समिक्षा गर्दै दलहरुको भूमिका चर्चा गरिएको छ ।

एउटा अध्यक्षले सरकार, अर्कोले पार्टी चलाऊ, गौतम ,,
बैठकमा नेता गौतमले लिखित रुपमा आफ्नो मत राख्ने अनुमति मागेका थिए । अध्यक्षद्वयले सहमति जनाएपछि उनले १६ पृष्ठको प्रस्ताव स्थायी कमिटी सदस्यहरुलाई दिएका छन् । तर, यसबारे केही बोलेनन् ।

‘पार्टी विधि, पद्धतीबाट चल्नुपर्छ, पार्टीले सरकार चलाओस् भन्ने उहाँको जोड छ’ गौतमको प्रस्तावबारे एक नेताले भने, ‘मुख्य जोड एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टी संगठन चलाउनु पर्नेभन्ने छ ।’
अन्तरसंघर्षलाई प्रधान नबनाऔंः प्रचण्ड
स्थायी कमिटी बैठकअघि अध्यक्ष प्रचण्डले चार सचिवालय सदस्यसँग छुट्टै छलफल गरेका थिए । प्रचण्डले हालै मात्र सचिवालय बैठक ‘बहिष्कार’ गरेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाशसँग छलफल गरेका हुन् ।
स्रोतका अनुसार उनले अन्तरसंघर्षलाई प्रधान नबनाउन नेताहरुलाई आग्रह गरेका छन् । समयका सन्दर्भमा नेताहरुले उठाएको विषय जायज भएपछि पार्टीमा एकता कायम राख्र्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
‘छलफल पनि गर्नुछ, एकता पनि कायम राख्नु छ भन्दै उहाँले अहिले अन्तरसंघर्षलाई मुख्य विषय नबनाऔं भन्ने आग्रह गर्नु भएको छ’ एक नेताले भने ।
