सोनाक्षी कसैको प्रेममा ,,वरुणले किन भने भावी ,

नायक बरुण धवन र नायिका सोनाक्षी पहिलोपटक चलचित्रमा कम गर्दै छन् ।उनीहरुले काम एक साथ् काम गर्ने पक्का भएपछि सवाज जवाफ पनि गर्न थालेका छन् ।सोनाक्षीले ट्विटरमा एक तस्बिर राख्दै लेखिन्,‘मिरर अन द वाल ।सोनाक्षीको यो ट्विटमा बरुणले लेखे–,भाभी’ ।

यसमा फेरि सोनाक्षीले जवाफ लेखिन्,‘उफ, बरुण के तिमी चुप बस्न सक्छौ ।यो जोडीले पहिलो पटक ‘कलंक’ नामक चलचित्रमा एकसाथ काम गर्दैछन् ।

बरुणले सोनाक्षीलाई भाउजु भन्दै सम्बोधन गरेपछि अहिले बलिउडमा उनी कसैको प्रेममा परेको चर्चा हुन थालेको छ । ‘कफि विथ करण’ शोमा नायिका आलिया भट्टले सोनाक्षी र नायक आदित्य राय कपुरले एकसाथ काम गर्न आवश्यक रहेको बताएकी थिइन् ।

सोनाक्षीले पनि आदित्यसँग काम गर्नका लागि आफू उत्साहित रहेको खुलाएकी थिइन् । यसैले अहिले बलिउडमा सोनाक्षी र आदित्यको प्रेमको खबर सुरु भएको छ ।