suekhet
bheriad

लामो समयको खोजतालास पछि भेटियो ३३ केजी सुन ,,

lekabesi

पुस १ , काठमान्डौ – लामो समयको खोजतलास अन्तरालपछि ३३ केजी सुन बरामद भएको छ भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार कोलकाता,दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट सुन बरामद गरेको हो।

सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा सहसचिव ईश्वरराज पौडेलले कोलकाता, दिल्ली राष्ट्रिय राजमार्गबाट भारतीय राजश्व अनुसन्धान विभागको टोली र भारतीय प्रहरीले बरामद गरेको जानकारी दिएका छन् ।

दुबईबाट २०७४ माघ ९ मा भित्रिएको यो सुन त्रिभुवन विमानस्थलबाट पास गराइसकेपछि हराएको थियो। ३३ किलो सुन हराएपछि मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई बनाईयो त्यो बिचमा धेरै ब्याक्ति पक्राउ परे र दुइ जनाको ज्यान समेत गयो ।

अहिले दुबईबाट तस्करी गरि त्रिभुवन विमानस्थल हुँदै काठमाडौं भित्र्याएको ३३ किलो सुन कोलकातामा बरामद भएको खबर आएको छ’, संयोजक पौडेलले  भने,नेपालबाट हराएको ३३ किलो परिणामको सुनसहित दुईजना नेपाली पनि पक्राउ परेपछि छानबिन गर्दा त्यही सुन भएको खुलेको छ। यसबारेमा त्यहाँको राजस्व अनुसन्धान विभागले कोलकातास्थित नेपाली महावाणिज्यदूतावासलाई गराइसकेको छ।

अर्यालले घटनाबारे गृह मन्त्रालयमा जानकारी गराइसकेका छन्। ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार कोलकातामा बरामद भएको त्यो सुन नेपालबाट गायब गरिएकै सुन हो’, पौडेलले अगाडि भने, ‘भारतको कस्टमको अनुसन्धान विभागले महावाणिज्यदूतलाई लेखेको पत्र पनि प्राप्त भइसकेको छ, अब बरामद सुन र पक्राउ परेका दुवैजनालाई नेपाल झिकाउने पहल गरिरहेका छौं।

पक्राउ परेका दुवैजना गृहको छानबिन समितिको प्रतिवेदनमा उल्लेखित १९२ जना व्यक्तिमध्ये भएको पनि खुलेको छ।

यो पनि पढ्नुहोस ,,

गियर भित्र लुकाइयो

३३ किलो सुन एउटा स्विफ्ट कारभित्र भेटिएको छ। स्विफ्ट कारको गियर नजिक सानो बक्स बनाएर सुन राखिएको थियो। ड्यास बोर्डनजिकै बक्स बनाएर लुकाइएको अवस्थामा बरामद भएको हो।

यस्तो अवस्थामा बरामद गरियो ३३ केजी सुन ,,

कोलकात्ता पुर्‍याइएको सुन भारतीय बजारमा व्यवस्थापन गर्ने तयारीस्वरुप दुवै नेपाली व्यापारी सुन लिएर त्यता लागेका थिए। भारतीय राजस्व अनुसन्धान निर्देशनालय र प्रहरीको संयुक्त टोलीले एकै दिन दुई ठाउँबाट ९९ किलो सुन बरामद गरेका थिए। लखनउबाट प्रहरीले ६६ किलो सुन बरामद गरेको थियो। त्यही दिन राजस्व अनुसन्धान निर्देशनालय र भारतीय प्रहरीको संयुक्त अप्रेशनका क्रममा कोलकात्तास्ति राष्ट्रिय राजमार्गबाट ३३ किलो सुन बरामद भएको हो।