Simta
Simta
lekbesi

नेपालले स्वर्ण जित्दा बज्यो राजतन्त्रकालिन ‘श्रीमान गम्भीर नेपाल ,,

Gurvakot

पुस १ , काठमान्डौ – थाइल्यान्डमा आयोजित वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै नेपालले इतिहास रच्यो । तर, स्वर्ण पदकको खुशीसँगै आयोजकको कमजोरीले नेपाललाई निराश तुल्यायको छ । स्वर्ण विजेता महेश्वर महर्जनको सम्मानमा राष्ट्रिय धुन बजाउँदा गम्भीर गल्ती भयो ।

नेपाले स्वर्ण जितेपछि पृष्ठभूमिमा रहेको ठूलो स्क्रिनमा नेपालको राष्ट्रिय झण्डा देखाइयो । अनि, उद्घोषकले नेपालको नेसनल एन्थम (राष्ट्रिय धुन) बज्ने घोषणा गरे । राष्ट्रिय धुन त बज्यो तर, अहिलेको नभएर पुरानो । राजतन्त्रकालिन ‘श्रीमान गम्भीर नेपाल’ को धुन बजाइयो ।

आयोजकको हेलचेक्र्याईले यस्तो गल्ती हुन पुगेको नेपाल बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएसनका उपाध्यक्ष दिनेश राजभण्डारी बताउँछन् ।म पनि अनलाइनमा बसेर लाइभ हेरिरहेको थिएँ, पुरानो राष्ट्रिय धुन बजेपछि स्तब्ध भएँ,’ उनले भने । गलत राष्ट्रिय धुन बजेको विषयमा आफूले तत्काल म्यासेज पठाएर रोक्न भने पनि रेस्पोन्स नभएको राजभण्डारीले बताए ।

lekbesi

प्रतियोगितामा नेपालबाट टिम म्यानेजरका रुपमा श्याम श्रेष्ठ सहभागी थिए । तर, राष्ट्रिय गानको विषयमा आयोजकले उनीसँग कुनै जानकारी लिएको थिएन । न त उनले नै चासो राखेका थिए ।

राजभण्डारी भन्छन्, ‘आयोजकलाई सायद नेपालले जित्छ भन्न थिएन होला, त्यसैले नेपालको धुनको तयारी नै गरेका रहेनछन् । पछि हतारमा आफैंले इन्टरनेटमा खोजेर पुरानो धुन डाउनलोड गरेछन्, हाम्रा प्रतिनिधिसँग कुनै परामर्श गरिएनछ ।’

आफूले टिम म्यानेजरसँग यस विषयमा आयोजकसँग बुझ्न लगाएको र उनको जवाफ आएपछि थप कदम चाल्ने राजभण्डारीको भनाई छ ।आयोजकले यस विषयमा क्षमायाचना गर्नुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने ।

पुरानो राष्ट्रिय धुन बजे पनि मानन्धर भावविव्हल बनेका थिए । धुन सकिएपछि उनले शरीरमा ओढेको राष्ट्रिय झण्डाले आँशु पुछेका थिए ।यसअघि भुटानमा ५० औं एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा उनै महर्जनले स्वर्ण जित्दा नेपालको नयाँ राष्ट्रिय धुन नै बजेको थियो ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले गलत राष्ट्रिय धुन बजेको विषयमा आफूलाई जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।उनले भनेका छन् ‘मलाई कसैले जानकारी गराएको छैन, अब बुझ्छु ।

अर्कोकुरा उनले भने राष्ट्रिय धुन बजाउने विषयमा आफूहरुको कुनै दायित्व होईन ।‘यो उतैको आयोजकको जिम्मेवारी हो, हामीले यहाँबाट एन्थम/सेन्थम दिएर पठाउने कुरा आउँदैन, परिषदका प्रतिनिधि पनि कोही गएका छैनन्,’ तिम्सिनाले भने ।

यद्यपि, एसोसिएसनले परिषदसँगको समन्वयमा नै प्रतियोगितामा भाग लिएको उनको भनाई छ ।तिम्सिनाले उक्त कार्यक्रमको भिडियो हेरेर आयोजकलाई क्षमायाचना गराउन परिषदको तर्फबाट पत्र पठाउने बचन दिएका छन् ।

 

Simta