लुगा धुन गएकि बालिका बालात्कृत ,,

पुस १ ,बेंसीशहर – लमजुङमा खोलामा लुगा धुन भनि गएकि एक किशोरीमाथि बलात्कार भएको छ। लमजुङ प्रहरीले बलात्कार अभियोगमा आइतबार २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटस्थित ककनी गाउँपालिका,६ का १९ वर्षीय विशाल तामाङ र राजकुमार तामाङ छन् ।
मंसिर २९ गते साँझ दोर्दी गाउँपालिकाको किसेदी खोलामा लुगा धुन गएकी १३ वर्षीया किशोरीलाई विशालले करणी गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । विशालपछि साथमा रहेका राजकुमारले पनि बलात्कार प्रयास गरेका थिए । तर नसकेपछि उनी तत्कालै फरार भएको प्रहरीले जनाएको छ ।
बालिका बलात्कारपछि फरार रहेका तामाङद्धयलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
