Simta
Simta
lekbesi

बामदेवलाई ओलीको जवाफ, दुईवटा प्राधान्मंत्री बनाउने संविधान बनाउनु पर्यो ,

Gurvakot

पुस,१ काठमाडौं – लामो समयपछि बसेको नेकपाको बैठकले सहि निर्णय लिन्छकि भन्ने सबैमा आशा थियो ।तर उत्तर गलत भयको छ ।दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र प्रचण्डले संगै बसेर लेखेको दस्तावेज लाई असहमति जनाउदै अर्का नेता वामदेवगौतमले लिखित मत राखेका छन्।

यो जवाफले नेकपा पार्टीमा तरङ्ग फैलीएको छ। तेस्तै पार्टी भित्रै असहमतिका कुरा उठेपछि प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउने प्रयास भइरहेको बताएका छ ।

पार्टी सचिवालय सदस्य वामदेव गौतमले स्थायी कमिटीमा एउटा मात्र अध्यक्ष बनाउनुपर्ने प्रस्ताव राखेको भोलिपल्ट ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाउँदा सबै आश्चर्यमा परेको बताए । उनले भने, ‘त्यहाँ लडाइँ झगडा लगाउन सकिन्छ कि ? कुर्सी परपर सार्न सकिन्छ कि ? प्रयास त्यो हो ।

lekbesi

‘म भन्दिन चाहन्छु, नेपालमा अचम्म हुन्छ । दुइटा अध्यक्षको अभ्यास हेर्नुस् कसरी अगाडि बढ्छ । संविधानले मिल्दैन, नत्र दुईटा प्रधानमन्त्री पनि बनाउन हुन्थ्यो’ अगाडी भने ।

आफूहरुको संकल्प अधिकार कब्जा गर्ने नभई देशलाई रुपान्तरण गर्ने भएको भन्दै प्रधानमन्त्री ओलीले यसलाई भत्काउँछु भन्ने सपना नदेख्न आग्रह गरे । जीन्दगी जान्छ, खेर जान्छ । यो जनअभियान तलमाथि पर्दै पर्दैन ।’ उनले भने,

तत्कालीन एमाले र माओवादीसम्वद्ध कानुन व्यवसायीहरुको एकता कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको दाबी गरे समेत गरेका छन् ।

गणतन्त्रका सम्मानित संस्थामाथि लगातार आक्रमण भइरहेको भन्दै उनले भने, ‘राष्ट्रपतिले प्रहरीको ठाउँ लिन खोज्यो रे । हामीले होइन, शहरको बीचमा भएन भनेर तीन दशक अगाडि निर्णय गरेर पनौतीमा जग्गा लिएको छ ।’

१० वर्ष अगाडि भारतसँग तालिक केन्द्र निर्माण गर्ने सहमति भएको स्मरण गर्दै उनले भने, ‘अहिले राष्ट्रपति कुन पृष्ठभूमिको हो भन्ने हेरेर यस्तो प्रचारको विषय बनाइएको छ, यति अमर्यादित बनाइएको छ ।

यो राष्ट्रपतिविरुद्ध होइन, गणतन्त्रविरुद्ध हो । गणतन्त्रकविरुद्ध बोल्ने र राजतन्त्र फर्काउन सकिन्छ भनेर सपना देख्नेहरुलाई म भन्न चाहन्छु, त्यस्तो सपना नदेखे हुन्छ । कार्यक्रममा नेकपाका अर्का नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैलाई आग्रह गरेका छन् ।

 

Simta