suekhet
bheriad

वर्षकै चिसो राजधानी २ डिग्रीमा झर्यो आज पानि पर्नसक्ने ,,

lekabesi

पुस २ , राजधानी – काठमान्डौमा वर्षकै चिसो भएको छ। आज विहानको तापक्रम हेर्दा २ डिग्री सेल्सिएसमा झरेको छ। मौसमविदका अनुसार यो आज सम्मकै पहिलो रेकर्ड हो। सम्भवत आज पनि पर्न सक्ने सम्भावना भएको पनि मौसम अनुमान छ ।

मौसमविद राजु प्रधानांगका अनुसार बंगालको खाडीको दक्षिण-पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो । फेथाइ’ उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ ।

‘यसैको आंशिक प्रभावका कारणले नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली हुने र केही भागहरुमा हल्का वर्षा हुने सम्भावना छ,।’ मौसमविद प्रधानांगले भने । हिमाली भेगमा हिमपातका साथै केहि पहाडी भू भागमा अम्सिक बदली रहने प्रधानको भनाई छ।