एसपी डिल्लीराज विष्ट सहित अन्य दुई जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गर्न सक्ने ,

पुस,३ काठमाडौं – निर्मला हत्या प्रकरणको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी परेको छ ।

मंगलबार दिउँसो निर्मला पन्तकी आमा दुर्गादेवीले सार्वजनिक न्यायबिरुद्धको कसुरअन्तर्गत तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्टसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) डीएसपी अंगुर जिसी लगायतविरुद्ध जोहरी दिएकी हुन् ।

उनीहरुविरुद्ध परेको जोहरीमाथि छलफल भइरहेको कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले बताए । ‘जाहेरी परेको हो । एसपी सा’बसँग उहाँहरुको छलफल भइरहेको छ’, उनले भने ।

सरकारी छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोपमा ८ कात्तिकमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरेको थियो । उनीहरुलाई सरकारी सेवाका लागि योग्न हुने गरी बर्खास्त गरिएको थियो ।

प्रारम्भिक चरणमा अनुसन्धान अधिकारीहरुले गरेको लापरबाहीका कारण निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको उनको आरोप छ । जाहेरीमाथि अनुसन्धानका गर्ने क्रममा प्रहरी अधिकारीहरुलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पक्राउ गर्न समेत सक्नेछ ।