suekhet
bheriad

तीनजना महिला मिलेर गर्भवती महिलाको हत्या ,,

lekabesi

पुस ३ , काठमान्डौ – आज भोलि बढ्दो हत्या अभियोगमा महिला पनि घटनामा सक्रिय देखिएका छन्। ६ महिनाकी गर्भवती शिक्षिकाको हत्या गरेर फरार भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले यही आइतवार मुगुको सोरु गाउँपालिका,८ घर भइ टोखा नगरपालिका,८ मिलनटोल निवासी २६ वर्षीया अजिता मल्लको हत्या गरेको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

पक्राउ पर्नेमा पक्राउ पर्नेहरुमा मुगुको सोरु गाउँपालिका,८ की २६ वर्षीया विष्णुमाया मल्ल (शाही), मुगुकै छायानाथ रारा नगरपालिका,१ की २६ वर्षीया भगवती मल्ल, पोखरा महानगरपालिका,८ की २३ वर्षीया रिता केसी र छायानाथ नगरपालिका,१ का २१ वर्षीय गान्डिपराज मल्ल र रहेका छन् ।

उनीहरुले अजिताको टोखा नगरपालिका,८ मिलनटोलस्थित तारानाथ अर्यालयको घरमा हत्या गरेर फरार भएका थिए ।पक्राउ परेका हत्यारा सबैलाई अपराध महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट सोमबारै पक्राउ गरी हिरासतमा लिएको हो ।

हत्यामा संलग्न सबैले बयानका क्रममा घटना स्वीकार गरेको पनि एसएसपी सिंहले बताएका छन् ।