Simta
Simta

क्यान्सरलाई जितेकी मनिषाले लेखिन क्यान्सर किताब ,

पुस,३ काठमाडौं – अभिनेत्री मनिषा कोइरालाको संस्मरणात्मक पुस्तक HEALED शनिबार पोखरामा सार्वजनिक हुँदैछ । पेन्गुइन बुक्सले प्रकाशन गरेको पुस्तक ७ पुसबाट शुरु हुने नेपाल लिटरेचर फेस्टिभलमा सार्वजनिक गर्न लागिएको हो ।

Simta

राजधानीमा सोमबार आयोजित लेखकसँगको साक्षात्कार कार्यक्रममा अभिनेत्री कोइरालाले क्यान्सरले बिरामी हुँदाको भोगाई तथा पीडाबाट पाएको नयाँ जीवनको अनुभव बाँड्न पुस्तक लेखेको बताइन् । ‘बिरामी हुँदा भोगेको नयाँ, अनौठो र पीडादायी अनुभव सार्वजनिक गर्नुपर्छ भन्ने लागेर यो पुस्तक लेखेकी हुँ’, कार्यक्रममा उनले भनिन् ।

पुस्तकको नेपाली संस्करण आफूहरूले प्रकाशन गर्न लागेको फाइन प्रिन्टका नीरज भारीले जानकारी दिए ।कोइरालाले एड्भान्सबापत प्राप्त पाँच लाख रुपैयाँ केयर नेपाललाई हस्तान्तरण गरिन ।पुस्तकको रोयल्टीबाट प्राप्त रकम सामाजिक संस्था केयर नेपालले पाउने भएको छ ।