स्वास्थ्य निर्देशक पौडेल विरुद्ध भ्रष्टाचार मुद्‍दा ,,

पुस ४ काठमाडौं – स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका प्रमुख एवं प्रदेश स्वास्थ्य निर्देशक डा.तारानाथ पौडेलविरुद्ध मंगलबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। एक लाख रुपैयाँ घुस रकम लिएको अभियोगसहित पौडेलविरुद्ध मुद्दा दायर भएको हो।

निर्देशक पौडेल मेडिकल जनरलिष्ट ११ औं तह (सह सचिव सरह) थिए। स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूह (खुला) को अ.हे.व.पदको लिखित परीक्षामा उत्तीर्ण भएका परिक्षार्थीलाई लोकसेवाको परीक्षाको अन्तर्वार्तामा पास गराइदिने नाममा घुस रकम लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

घुस रकम लिँदैगर्दा पौडेललाई मंसिर ४ गते पक्राउ गरी अख्तियार हिरासतमा राखिएको थियो। उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ग) वमोजिम घुसको विगो अनुरुप जरिबाना र चारदेखि ६ महिनासम्म जेल सजाय माग गरिएको छ।

 

lekbesi