Simta
Simta
lekbesi

ललितपुरमा ट्यासी चालकको आँखा फुटाएर ६ हजार लुटि फरार ,,

Gurvakot

पुस,४ काठमाडौं – ललितपुरमा दुई अज्ञात युवाले ट्याक्सी चालकलाई कुटपिट गरेर नगद र मोबाइल लुटेका छन् ।ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई व्यक्तिले बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि चालक ४२ वर्षीय डम्बर खड्कामाथि कुटपिट गर्दै लुटेका हुन् ।हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी शेखर खनालले दिएको जानकारी अनुसार घटनामा बा १ ज ६१५७ नम्बरका ट्याक्सी चालक खड्का घाइते भएका छन् । उनको देब्रे आँखामा चोट लागेको छ ।

‘ती दुई जना केटाहरुमध्ये एक जना बिरामी भन्दै ट्याक्सीमा चढेका रहेछन्’, खनालले भने, ‘चालकको साथमा रहेको ६ हजार रुपैयाँ र मोबाइल उनीहरुले लगेका छन् ।घटनामा संलग्नको पहिचान भइसकेको छैन ।

lekbesi

Simta