टाईगर श्राफको बागी ३ मा कुन नायिका ,

बलिउड नायक टाइगर श्राफको मुख्य भूमिका रहने चलचित्र ‘बागी ३’को प्रदर्शन मिति तय गरिएको छ । भारतीय मिडियाका अनुसार यो चलचित्र सन् २०२० को मार्च ६ तारिखबाट रिलिजमा आउने भएको हो ।

यो चलचित्रको अघिल्ला २ सिरिज हिट भएका थिए । यसैले, निर्माता साजिद नाडियाडवालाले चलचित्र निर्माण अगाडि नै यसको प्रदर्शन मिति फाइनल गरेका हुन् । टाईगरका साथमा नायिका साराअली खानले काम गर्ने चर्चा पनि भारतीय मिडियामा चलिरहेको छ ।

यो बिषयमा साराले पनि केही बताएकी छैनन् । तर, चलचित्रको प्रदर्शन मिति तय गर्दै यसका निर्माताले यसपटक चलचित्र अझ विशेष हुने बताएका छन् । चलचित्रमा टाईगरको खतरनाक एक्सन हुने पनि निर्माताको भनाई छ ।

lekbesi