surkhet

सल्यानको बस दुर्घटना हुँदा १६ को मृत्यु, १० घाइते ,,

surkhet

पुस ६ दाङ – दाङमा बस दुर्घटा हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । बस तुलसीपुर,कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो। दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेको राप्ति अञ्चल अस्पतालमा उपचार भइरहेको छ। बसमा ३४ जना विद्यार्थी,२ शिक्षक र एक जना चालक रहेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीले जानकारी गर्नु भएको छ बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ।

Gorkha

बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालय सल्यानको बस दुर्घटनामा परेको हो। कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीको भनाइ छ।मृतकको सनाखत हुन बाँकि छ ।

Dailekh

दुर्घटनामा घाइते हुनेहरु जिल्ला जुम्ला तातोपानि गा.पा.१४ बस्ने बर्ष १८ कि हिमाली हमाल,ऐ चन्दनाथ गाउपालिका ३ बस्ने बर्ष १६ को कुशेन्द्र खत्री ,जिल्ला दाङ घोउमनपा १५ रतनपुर बस्ने बर्ष १७ की समिक्षा रोकाया,जिल्ला अछाम मंगलसेन नगरपालिका बस्ने बर्ष १८ को बिक्रम भण्डारी,जिल्ला रुकुम त्रिबेणी गा.पा.३ बस्ने बर्ष १६ को प्रेम बहादुर खड्का,जिल्ला दाङ घोउमनपा १९ स्यूजा बस्ने बर्ष १७ की मेनुका रिजाल, नेपालगंज रिफर गम्भिर घाईते,जिल्ला जुम्ला चन्दनाथ गा.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी,जुम्ला चन्दनाथ ४ बस्ने बर्ष १६ की पर्शा रोकाया,जिल्ला अछाम मंलगसैन नगरपालिका वडा नं. नखुलेको बर्ष १९ को यूवराज ढुंगाना, (अवस्था सिरियस)जिल्ला रुकुम सानोभेरी गा.पा. ३ बस्ने बर्ष १६ की रोजिना पुन, छन् । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जानकारी गरेको छ ।

 

 

salyan