Simta
Simta
lekbesi

आफ्नै श्रीमतीले दीइन बलात्कारको उजुरी ,,

Gurvakot

पुस ६ ,ताप्लेजुङ – आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् ।सिरिजङ्गा गाउँपालिका,२ आम्बेगुदिनस्थित २० वर्षीया युवतीले आफ्नै २४ वर्षीय श्रीमानले गत असोज ८ गते बलात्कार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

बलात्कार आरोपपछि लुकिछिपी बसेको अवस्थामा जिल्लाकै आठराई त्रिवेणी गाउँपालिका,४ चाँगेबाट ती पुरुषलाई पक्राउ गरिएको हो ।उनलाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।दोषी ठहर नभएसम्म आरोपितको नाम प्रहरीले गोप्य नै राखेको छ ।

Simta