ललितपुरको बालकुमारीमा टिप्परको डरलाग्दो दुर्घटना ,,

पुस ७ काठमाडौं – ललितपुरको बालकुमारीमा डर लाग्दो दुर्घटना भएको छ । कोटेश्वर,कलंकी सडक खण्डको बालकुमारीमा बा ४ ख ७८०२ नम्बरको टिपर शनिबार बिहान साढे २ बजे दुर्घटनामा परेको हो ।

बाटोमा गुडिरहेको टिपर सडकबीचको डिभाइडरमा ठक्कर दिँदै रेलिङ भत्काएर किनारमा पार्किङ गरी राखेको अर्काे ट्रकमा ठक्कर खाई नजिकैको टहरोमा गएर जोतिएको थियो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

lekbesi