दाङ बस दुर्घटनाप्रति नेकपाले शोक व्यक्त सँगै क्षतिपुर्ति उपलब्धि गराउने ,,

Naumule

पुस ७ , काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दाङमा बस दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति गहिरो शोक व्यक्त गरेको छ।पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको शनिबारको बैठकमा सो बस दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

Gurvakot

बैठकले बस दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह पनि गरेको छ।त्यसैगरी, दुर्घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

शुक्रबार दाङको तुलसीपुर नगरपालिकास्थित राम्री भन्ने ठाउँमा शैक्षिक भ्रमणमा गएका विद्यार्थीहरूको चढेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए। घाईतेलाई अहिले उपचारको लागि काठमान्डौ ल्याईएको छ ।

 

Bangad kupinde