६ छोरीको जन्मपछि महिला घर निकाला ,
पुस ८ , जुम्ला – एक महिलाले ६ वटा छोरीलाई जन्मदिएको भन्दै घर परिवार बाट निकाला भएकि छिन जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका–६, लुड्कीकी झनमाया रोकाया गत कार्तिक महिनादेखि घर निकाला भएकी हुन्
२६ वर्षीया झनमायाले छ महिनाको गर्भवती अवस्थामा श्रीमान् गंगाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताइन् ।
सानै उमेरमा बिहे गरेकी उनले छ सन्तान जन्माएको र तीन मात्रै जीवित रहेको दुखेसो गरिन् ।पटक–पटक छोरी जन्माएपछि निकै दुःख पाएँ’, झनमायाले भनिन्, ‘श्रीमान् आफ्नो नभएपछि परिवारले पनि राम्रो गरेनन्, आफ्नो कोही भएनन् ।’
गर्भको शिशु उल्टो छ भन्ने थाहा पाएपछि वृद्ध बुबाको सहारामा अस्पताल पुगेकी उनले जन्मँदै छोरी रोगी जन्मिएपछि झन् पीडा थपिएको बताइन् । झनमाया अहिले माईतीको सहारामा छिन।
उनको र बच्चाको स्वास्थ्य नराम्रो भएपछी अस्पातालले बाहिर लैजान सिफारिस गरेको छ ।तर उनि आर्थिक अवस्थाले निम्न भएको हुनाले राम्रो उपचार हुन नसकेको दुखेसो पोखिन।