प्रचण्डलाई फेसबुकमा गाली गर्ने कांग्रेस कार्यकर्ता पक्राउ ,,
८, पुस, चितवन – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसवुकमा गाली गरेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका होटल व्यवसायी सुवोध श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रचण्डलाई गाली गलौज गर्ने हिसावले प्रधानले स्टाटस लेखेको भन्ने उजुरीको आधारमा प्रधानलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनका बारेमा धेरै पहिल्यैदेखि प्रहरीले चासो दिइरहेको चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरले बताए ।
प्रचण्डको बारे प्रधानले राखेको पोष्टको स्क्रिन सट कपी समेत उजुरीमा राखिएको छ । पक्राउ परेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाइल्डलाइफ रिसोर्टका प्रमुख एवं तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।
प्रधानले पहिले देखिने गालीगलौज र स्टाटसहरु लेख्ने गर्थे ।पक्राउ परेका प्रधानसँग आवश्यक सोधपुछ गर्न बाँकी नै रहेको जानकारी एसपी रौठारले दिए ।उजुरीकर्ताको परिचय गोप्य राखिएको छ ।
उजुरी गर्ने ब्याक्ति कुन रुपले प्रस्तुत हुन्छन ,तेस्को आधारमा कानुनि कारबाही अगाडी बढाउने एसपी राठौरले जानकारी गरे ।सामाजिक संजालमा कुनै ब्याक्तिको आचरणमा क्षति पुग्ने गरि स्टाटस लेख्ने , गालि गर्ने , फेक आईडी बाउने कार्यलाई नेपालको संविधानले विधुतिय माध्यामको कसुर लगाएको छ । जसमा कसुरको मात्रा हेरी ५ वर्ष जेल र ३ लाख जरिवाना वा हदै सम्मको कार्वाहि छ ।