ओली सरकारविरुद्ध आन्दोलन गर्न तयार रहनू नेपालि कांग्रेशका सभापति देउवा ,,
पुस,८ काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ ।
सरकारले निरंकुशता लाद्न खोजेको भन्दै उनले पार्टीभित्रका असहमति थाति राखेर सरकारविरुद्ध लड्नुपर्ने बताए । १० दिन लामो महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले भने, भने, ‘ओली सरकार आज बद्मासी गर्दैछ, निरंकुशता लाद्न खोजिरहेको छ । यसको विरुद्धमा आन्दालेन गर्ने दिन आउँदैछ, सब साथीहरु तयार हुनुपर्छ ।
देउवाले भने आफ्नै पार्टीका नेतालाई त दुख दिएको छ भेन अरुलाई के गर्ला ? भन्दै यो सरकार प्रति आन्दोलनमा उत्रिने नेपालि कांग्रेशका सभापति देउवाले जानकारी गरे।कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट काँग्रेस एकतावद्ध भएको दावी गरे ।
मंसिर २९ गतेबाट सुरु भएर आइतबार सकिएको महासमिति बैठकले वधान पारित गरेको छ, जसअनुसार अब १४ पदाधिकारी हुनेछ । सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट चुनिनेछन् भने कोषाध्यक्ष मनोनित हुनेछ ।