surkhet

बिमा समितिको बिमा निर्देशिका परिमार्जन ,,

surkhet

पुस ९ काठमाडौं – बिमा समितिले बिमा निर्देशिका परिमार्जन गरेको छ। यसअघि रहेको अग्नि बिमालेख र गार्हस्थ बिमालेखलाई एकै निर्देशिका (सम्पत्ति बिमा दिर्नेशिका) मा समावेश गरी नयाँ निर्देशिका ल्याएको हो। समितिले २०५८ सालको सम्पत्ति बिमा निर्देशिका परिमार्जन गरेको हो। उक्त निर्देशिका माघ १ गतेदेखि लागू हुने समितिले जनाएको छ्।

समितिले जमिनमा आधारित सम्पत्ति (अचल सम्पत्ति वा अचल सम्पत्तिमा राखिने सम्पत्ति) को लागि जारी गरिने अग्नि बिमाका लागि हालसम्म प्रचलनमा रहेको निर्देशिका असान्दर्भिक भएको भन्दै नयाँ निर्देशिका ल्याइएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापगाईंले बताए।

यसअघिको जमिनमा आधारित सम्पत्तिका लागि जारिगरिने बिमा लेखले बिमितको इच्छाअनुसार पानीजन्य, हावाजन्य, जमिनजन्यलगायत जोखिम भए पनि नाम ‘अग्नि बिमा’ भएकाले ग्राहकमा बिमालेखप्रति बुझाइमा समस्या आएको थियो।’ चापगाईंले भने।

Dailekh
Gorkha

अर्कोतर्फ अग्नि बिमालेख लिन चाहनेले अग्नि र भूकम्प अनिवार्य लिनुपर्ने र अन्य आफ्नो इच्छाअनुसार लिनुपर्ने भएकाले एउटै प्याकेजले रक्षावरण गर्न नसक्ने थियो। तर नयाँ निर्देशिकाले यी सबैलाई समेटेको छ। आइतबार पत्रकार सम्मेलनमार्फत चापागाईंले नयाँ निर्देशिका बिमक संघ र बिमा समितिको सहकार्य गरेर परिमार्जन गरेर ल्याइएको भएकाले यो समय सान्दर्भिक पनि रहेको बताए छन्।

अध्यक्ष चापगाईका अनुसार नयाँ निर्देशिका लागू भएसँगै बिमाशुल्क ६५ प्रतिशतसम्म घट्ने भएको छ्। समितिले गरेको परिमार्जनअनुसार एक करोड रुपैयाँभन्दा कम मूल्यको घरको बिमा गराउँदा प्रतिहजार रुपैयाँको ४० पैसामा (हुलदंगा तथा आतंकबाद जोखिमबाहेक) बिमागराउन सकिने भएको छ।

नयाँ शुल्कअनुसार एक करोड रुपैयाँको घरको बिमा वार्षिक चार हजार रुपैयाँ बिमा शुल्कमा गर्न सकिनेछ। ‘नयाँ शुल्ककायम भएसँगै हाल प्रचलनमा रहेको अनिवार्य जोखिम (अग्नि र भूकम्प) सहित सबै बिमायोग्य जोखिम लिँदासमेत कुल बिमाशुल्कमा औसतमा ६५ प्रतिशतका दरले बिमाशुल्क घट्नेछ’, । ‘बिमा शुल्कमा आएको परिवर्तनले निर्जीवन बिमाको दायरामा समेत व्यापक वृद्धि हुने विश्वास समितिले लिएको छ।’चापगाईंले भने ,,

salyan