मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा कालिकोट आगलागी प्रभावित घर धुरीलाई २० हजार ,खाद्यान्न ,लत्ता उपलब्ध गराउन पहल ,

पुस ९ ,कालिकोट – कालिकोटमा आगलागि बाट प्रभावित प्रति घर धुरीलाई २० हजार नगद , खाद्यान्न , लत्ता कपडा उपलब्ध गराउन कर्णाली सरकारले निर्णय गरेको छ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट तत्कालिन राहत स्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको भएको हो ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले सोमबार जारी गरेको विज्ञप्तिमा भिषण आगलागि र त्यसवाट भएको ठुलो आर्थिक तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उल्लेख छ ।

मुख्यमन्त्रीले आगलागिवाट घाईते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने सम्वन्धित निकायलाई आग्रह पनि गरेका छन् । यसैबीच प्रदेश सरकारले आगलागि पिडितहरुलाई थप राहात र पुनस्र्थापनाको सहयोगका लागि केन्द्र सरकार, गृहमन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थाहरुलाई आग्रह गरेको छ ।

स्थानीयका अनुसार आगलागीबाट अहिलेसम्म ११० घर जलेर नष्ट भएका छन भने १४ जना घाईते भएका छन् ।  कालीकोटको पलाता गाउँपालिका ,१,खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान २ बजे भिषण आगलागी भएको हो। न्यौपाने बस्तीमा १३२ घर रहेका थिए ।