Simta
Simta
lekbesi

धादिङमा सुखा पहिरो जादा १ को मृतु १ बेपत्ता ,,

Gurvakot

रंग दर्पण -४ फागुन, धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१३ केरौजास्थित धादिङ–तिप्लिङ सडकखण्डमा शुक्रबार सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।मृत्यु हुनेमा कैलालीका ३० वर्षीय राजु चौधरी छन् ।
पहिरोमा पुरिएका कामदार नुवाकोट बाघखोरगढी नगरपालिका–२ का २१ वर्षीय रबीन्द्र तामाङलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएको हो । त्यहाँ सामान्य उपचार पश्चात उनी डिष्चार्ज भएका छन् ।थप अनुसन्धान भइरहेको छ ।
यसलाई पनि पढ्नुहोस
ठमेलमा तेस्रोलिंगी चोरेर फरार हुदा पक्राउ

४ फागुन, काठमाडौं । प्रहरीले नगद लुटपाटमा संलग्न तेस्रोलिङ्गी समूहको एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा लाजिम्पाट बस्ने चितवन भरतपुर–२ की २० वर्षीया नितसा परियार छन् ।

काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित संचयकोष चोक नजिक गल्लीबाट नगद लुटेर भाग्दै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । अन्य ४ जना भने भाग्न सफल भएका छन् । उनीहरुको खोजी कार्य प्रहरीले जारी राखेको छ ।उनीहरुले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का ३४ वर्षीय सोमराज घलानको साथबाट १ लाख २५ हजार लुटेर भागेका थिए ।लुटिएको मध्ये ३२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

lekbesi
Simta