surkhet

शिक्षकको आवेदन भर्दा इसाई परिवारको हुनुपर्ने, वा इसाई कलेजमा पढेको हुन पर्ने उल्लेख ,,

surkhet

पुस ९ ,ललितपुर – गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरेको शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ।संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिनेलगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ।

उजुरीपछि संस्थाको छानबिन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए। ‘यस संस्थाका बारेमा केहीले गुनासो गरेपछि छानबिन सुरु भएको हो’, उनले भने।

ललितपुरका सहायक सीडीओ डमरु निरौलाले संस्थासँग सम्पूर्ण विवरण मागेको र अनुसन्धान भइरहेको बताए। उनले भने, ‘संस्थाले हालसम्म के कस्ता काम गर्‍यो, कसरी सञ्चालित भइरहेको छ, आम्दानीको स्रोत के होलगायत अनुसन्धान भइरहेको छ।’

Dailekh

संस्था ललितपुरको भनिमण्डलमा ५ वर्षयता सञ्चालित छ। उनका अनुसार संस्थाले मागेबमोजिम केही कागजपत्र बुझाए पनि अझै बुझाइ सकेको छैन।‘छानबिनको प्रतिवेदन नआई केही भन्न सकिन्न, अहिले हामी प्रारम्भिक अनुसन्धानमा छौं। उनले ५ वर्षमा भएका काम हेरिने बताए।

Gorkha

टिच नेपाल ०६९ मंसिर १५ मा संस्था दर्ता ऐन ०३४ अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको छ। तर संस्थाको आबद्धता भने समाज कल्याण परिषद् ललितपुरमा रहेको निरौलाको भनाइ छ। संस्था दर्ता ऐन ०३४ अनुसार कुनै धर्म तथा जाति विशेषका लागि मात्र संस्था स्थापना गर्न पाइँदैन। कसैले पनि ऐन तथा नियमावली उल्लंघन गरी काम गर्न नमिल्ने उनले बताए। बर्सेनि नवीकरण हेर्ने गरे पनि यसबारे ध्यान नपुगेको देखिएको छ।

टिच नेपालका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले विज्ञापन गर्ने क्रममा त्रुटि भएको स्वीकार गरेका छन्। तर संस्थाले धर्म प्रचार गरिरहेको भनी मिडियामा आएको समाचार सत्य नभएको उनले दाबी गरे। उनले भने, ‘संस्था दर्ता गर्दा मण्डली, चर्चलगायत संस्थामा काम गर्ने भनेर खुलाएका छौं।

विभिन्न चर्च तथा मण्डलीमा बालबालिका पढाउने, सिकाउने गर्नुपर्ने भएकाले इसाई पृष्ठभूमिका शिक्षकलाई सजिलो हुने भएकाले प्राथमिकता दिएको भनाइ उनको छ। ‘तर यो मापदण्ड नराखेको भए हुन्थ्यो, पारदर्शी हुन खोज्दा नकारात्मक सन्देश गयो।’ संस्थाले गरिरहेको काम जस्ताको तस्तै देखाउन खोज्दा यस्तो भएको उनले बताए।

संस्थाले बालबालिकालाई सकारात्मक वातावरणमा सिकाउने, प्रेमपूर्वक कसरीे, पढाउने तालिम शिक्षकलाई दिँदै आएको बताए। उनले भने, ‘बालबालिकालाई बाइबलले के भन्छ पनि सिकाउँछौं।’ तर धर्म प्रचारमा नलागेको र संस्थामा कुनै पनि विदेशी आबद्ध नभएको दाबी गरे। संस्थाका कार्यक्रम हेर्दा देशका अनेकौं स्थानका चर्चमा कार्यक्रम गरेको देखिएको छ।

salyan