Gold

मेलम्ची खानेपानी आयोजनामा कसैलाई नाजायज फाईदा लिन दिदैनौ ,

Naumule Migrate

पुस ९ , काठमाडौं- सरकार मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न संयमित भएर लागि परेको खानेपानी मन्त्री विना मगरले बताएकी छिन् । मेलम्चीको पानि दसैँ भन्दा आगाडीनै राजधानी पुर्याउने प्रतिवाद्ता गरेपनि काम पुरा हुन सकेको छैन ।

आयोजनाको काम समाप्त हुनेबिलामा देखिएको पछिल्लो समस्या विज्ञहरुको परामर्शको आधारमा समाधान गर्ने योजना पनि अघि सारेकी छिन ।वास मिडिया फोरम, नेपालको सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’बाटै सो आयोजनाको काम सम्पन्न गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि कम्पनीले विस्वासको वातावरण तयार गर्नुपर्ने बताइन् ।

सिएसी कम्पनीको अविश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढन नसकेको मन्त्री मगरको तर्क छ ।इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ले बजेट अपुग हुनेभन्दै सो आयोजनाको काम पूरा गर्ने दायित्वबाट पछि हटन थालेपछि मन्त्री मगरले सो कम्पनीको विश्वसनीयतामाथि प्रश्न उठाएकी हुन् ।

जनतालाई पानि खुवाउनुनै हाम्रो प्रतिवद्दता हो ।तर आयोजनाको नाममा कसैलाई पनि नाजायज ढंगले फाईदा लिन नदिने बिना मगरले बताईन।

Naumule Badhipahiro