आँखामा पट्टी लगाइदिएर लात्तैलात्तले हाने, गोली ठोकेर मार्छौँ भने, बाँच्नलाई अपराध स्विकारेँ विशाल चौधरी ,

पुस ९ , काठमाडौं – मंसिर १९ गते प्रहरीले मलाई समात्यो । निर्मलालाई अपराध गरेको होस् कि होइनस् भनेर सोधे । मैले होइन भन्दा मेरो आँखामा पट्टी बाँधिदिएर लात्तैलात्ताले कुटे । झुट बोलिस् भने गोली ठोकेर मार्छौँ, सत्य बोलिस् भने प्रहरीमा जागिर लगाइदिन्छौँ भने ।जागिर लगाइदिन्छन् भन्ने आस त थिएन, तर बाँच्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यसैले ‘हो, मैले गरेको हुँ’ भनिदिएँ ।

फेरि काठमाडौंमा पक्राउ परेको प्रदीप रावलले तेरो नाम लिएको छ, तिमीहरू मिलेर गरेका रहेछौ भनेर स्विकार्न दबाब दिइरहे । गालामा पटकपटक हानिरहेका थिए।, त्यसैले मैले हो भनिदिएको हुँ ।मैले हो भनेर बयान दिएपछि मंसिर २० गते जहाजबाट काठमाडौं लगे । बुबा पनि जहाजमै हुनुहुन्थ्यो, तर बोल्न दिएनन् । उहाँलाई अगाडि राखेका थिए, मलाई सबैभन्दा पछाडि ।

काठमाडौं पुगेपछि पिटेनन्, तर पिट्छन् भन्ने डर लागिरहेको थियो, त्यसैले उनीहरूले जे चाहेका छन्, त्यही भनिदिएँ । बुबाका सामुन्ने पनि हो भनिदिएँ ।तर, अदालत गएपछि डरले हो भनेको हुँ, तर मलाई घटनाबारे केही थाहा छैन भनिदिएँ । डिएनए रिपोर्ट पनि मिलेनछ, त्यसैले छुटकारा पाएँ ।

हतारमा निर्मलाको नतिजा निकाल्छौ भन्दा गल्ति भयको छ भन्दै आज प्रहरीले पत्रकार सम्मेलन गरेको छ ।अनुसन्धान भईरहेको दोषीलाई जसरि भएनि कठघरामा ल्याउछौ ,महानिरिक्षक सर्वेन्द्र खानलले भने ।

प्रहरीले छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै आईजीपी खनालले भने, प्रशासनिक कारबाही गर्न सिफारिस भएकाहरुलाई कारबाही गर्छौं । आवश्यक भए फौजदारी संहिताअनुसार पनि जान्छौं ।