Simta
Simta
lekbesi

नेपालि चलचित्रमा हिन्दि भाषा मिसाउदा आफै हराउला भन्ने डर ,,

Gurvakot

कुनैदिन नेपाली बजारमा चर्चामा नाम थियो निखिल उप्रेती , बिराज भट्ट ,यीदुई नायक भने पछि दर्शक हुरुक्क हुन्थे । दुबैको एक्सन भनेपछि दर्शक हलमा भरिभराउ हुन्थे ।

तर लामो समय भयो बिराज भट्ट र निखिल उप्रेती नेपाली सिनेमामा तेती नदेखीएको । बिराज भट्ट आज भोलि भोजपुरी फ्लिममा ब्यस्त छन्। साथै बिराजको आफ्नै निर्देशनमा चलचित्र साङ्ग्लो निर्माण हुँदै छ ।

निखिल उप्रेतीको भने धेरै पछि चलचित्र भिलेनको ट्रेलर सार्वजानिक भएको छ।  निखिलको साथमा नायिका शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्रीको मुख्य भूमिका देख्न सकिन्छ।

lekbesi

चलचित्रको ट्रेलर हेर्दा हिन्दि र साउथको चलचित्रमा देखाईएका एक्सनलाई हेरेर कपि गरिएको छ । अर्को कुरा नेपालि चलचित्रमा हिन्दि भाषा धेरै पटक प्रयोग गरिएको देखियो ।

यस्तो गर्दा दर्शकलाई नै खल्लो हुन्छ, यो वास्तविक हो । दोश्रो कुरा नायक निखिलजीले यस्तो चलचित्रमा काम गर्दा अलि ध्यान नपुर्याय आफैलाई घाटा हुने देखिन्छ ।

मौनता श्रेष्ठले लेखेको चलचित्रमा मदनकाश्यप घिमिरे र सौरभ लामाको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शुक्रराज शाहको एक्सन छ । चलचित्रमा कपिल खत्री, बालाबहादुर श्रेष्ठको लगानी छ । पौष २७ गते चलचित्रले प्रदर्शन मिति तोकेको छ ।

Simta