suekhet
bheriad

ऐश्वर्या रायले क्रिसमसडेमा अस्पतालका २०० बालबालिकालाई दीइन उपहार ,,

lekabesi

पुस १० ,भारत – बलिउड अभिनेत्री ऐश्वर्या रायले यस वर्षको क्रिसमस क्यान्सरबाट पीडित बालबालिकाको साथमा मनाएकी छन् । टाटा मेमोरियल अस्पताल पुगेर ऐश्वर्याले क्रिसमसको उपलक्ष्यमा २ सय बालबालिकालाई शुभकामना व्यक्त गर्दै उपहार पनि दिएकि छिन ।

अस्पतालमै क्रिसमस ‘सेलिब्रेशन’को आयोजना भएको थियो । जहाँ अभिनेत्री ऐश्वर्याले बालबालिकाका लागि आफूले लिएर गएको उपहार प्रदान गरिन् । यस क्रममा उनले बालबालिकाको आग्रह अनुसार नाच समेत प्रस्तुत गरिन् ।

ऐश्वर्यालाई अचानक अस्पतालमा देखेर बालबालिकाहरु दंग थिए । क्रिसमस मनाएपछि ऐश्वर्याले सामाजिक संजालमा तस्बिर समेत सार्वजनिक गरेकी छन् ।

ऐश्वर्याले सामाजिक संजालमा तस्बिर राख्दै बालबालिका, तिनको अभिभावक र चिकित्सकलाई समेत क्रिसमसको अवसरमा शुभकामना व्यक्त गरेकी हुन् । ऐश्वर्याको त्यो कार्यलाई थुप्रैले सुभकामना र कमेन्ट गरेका छन् ।